जोडिनुहोस
बिहिबार, माघ २३, २०८२
बिहिबार, माघ २३, २०८२
  • होमपेज
  • इसेवा मनी ट्रान्सफरले ल्यायो नयाँ रेमिट सेवा, वालेटबाट निःशुल्क रेमिट्यान्स पठाउन मिल्ने

इसेवा मनी ट्रान्सफरले ल्यायो नयाँ रेमिट सेवा, वालेटबाट निःशुल्क रेमिट्यान्स पठाउन मिल्ने

इसेवा मनी ट्रान्सफरको रेमिट्यान्स सेवा उपयोग गर्दै अब इसेवाबाट शून्य शुल्कमा नेपालभरी आन्तरिक रेमिट्यान्स पठाउन मिल्ने भएको छ। 

आइतबारबाट सुरु भएको यो सुविधा आगामी तीन महिनासम्म चल्ने कम्पनीले जनाएको छ। इसेवा वालेटका प्रयोगकर्ताहरुले इसेवा मनी ट्रान्सफरमार्फत आफन्त तथा इष्टमित्रलाई पठाएको आन्तरिक रेमिट्यान्स, नेपालभरी रहेका १० हजार बढी भुक्तानी केन्द्र तथा पाँच हजार बढी इसेवाका एजेन्ट मार्फत तुरुन्तै पाउन सकिने बताइएको छ।

हालसालै नेपाल राष्ट्र बैंकले आन्तरिक विप्रेषणको कारोबारमा प्रति व्यक्ति, प्रति कारोबार, प्रति दिन २५ हजार रुपैयाँसम्म मात्रै कारोबार गर्न मिल्ने व्यवस्था गरेसंगै आन्तरिक डिजिटल रेमिट्यान्सलाई प्रोत्साहन गर्न यो अफर ल्याएको कम्पनीले जनाएको छ। 

त्यस्तै, तीन महिने शून्य शुल्कमा रेमिट्यान्स सेवा अवधिका दौरान तीन महिनासम्म हरेक महिना एक जना बिजेतालाई एउटा रेडमी नाइनआइ स्मार्टफोन दिने योजना कम्पनीको छ। त्यसका लागि इसेवा वालेट प्रयोगकर्ताहरुले इसेवा एपको रेमिट्यान्स आइकोनमा क्लिक गरी इसेवा मनी ट्रान्सफरमा गइ तोकिएको विवरण पूरा गरी रेमिट्यान्स पठाउनु पर्ने कम्पनीले जनाएको छ।

5300
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका