जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • हिमालयन बैंकको नाफा १७.२२% ले घट्यो

हिमालयन बैंकको नाफा १७.२२% ले घट्यो

हिमालयन बैंकको नाफा १७.२२ प्रतिशतले घटेको छ ।

अघिल्लो आर्थिक वर्षको असार मसान्तमा २ अर्ब ९९ करोड ८६ लाख २३ हजार रुपैयाँ रहेकोमा गत आवको सोही अवधिमा आइपुग्दा बैंकको नाफा १७.२२ प्रतिशतले घटेर २ अर्ब ४८ करोड २१ लाख ३६ हजार रुपैयाँमा सिमित भएको छ ।
बैंकको वितरणयोग्य नाफा भने २ अर्ब ६६ करोड १५ लाख ९२ हजार रुपैयाँ रहेको छ ।

बैंकको सञ्चालन मुनाफामा आएको गिरावटको असर नाफामा देखिएको छ । अघिल्लो आवको असार मसान्तमा ४ अर्ब ३० करोड ७८ लाख ६५ हजार रुपैयाँ रहेको सञ्चालन मुनाफा गत आवको सोही अवधिमा आइपुग्दा घटेर ३ अर्ब ५४ करोड ५ लाख ७० हजार रुपैयाँ रहेको छ ।

यस्तै खुद ब्याज आम्दानी भने ३ अर्ब ७८ करोड ८७ लाख १६ हजार रुपैयाँबाट बढेर ५ अर्ब १२ करोड ४१ लाख ६१ हजार रुपैयाँ पुगेको छ । १२ अर्ब ९६ करोड ८७ लाख २५ हजार रुपैयाँ चुक्ता पुँजी भएको बैंकको जगेडा कोषमा ६ अर्ब ४६ करोड ८७ लाख ६७ हजार रुपैयाँ रहेको छ ।

१ खर्ब ६८ अर्ब ४१ करोड ९४ लाख ८६ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले १ खर्ब ४७ अर्ब ९९ करोड ३९ लाख ५२ हजार रुपैयाँ कर्जा लगानी गरेको । बैंकको खराब कर्जा ०.४८ प्रतिशतबाट बढेर ०.७७ प्रतिशत पुगेको छ । प्रतिसेयर आम्दानी १९ रुपैयाँ १४ पैसा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १७० रुपैयाँ ५ पैसा रहेको छ

2345
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका