जोडिनुहोस
शनिबार, मंसिर २१, २०८२
शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • बैंकिङमा तरलता अभाव बुधबार सर्वाधिक चर्कियो, सापटी सबै रेकर्ड तोडियो, साढे ६३ अर्ब सापटी चल्यो

बैंकिङमा तरलता अभाव बुधबार सर्वाधिक चर्कियो, सापटी सबै रेकर्ड तोडियो, साढे ६३ अर्ब सापटी चल्यो

बैंक तथा वित्तीय संस्थाहरुले हालसम्मकै उच्च स्थायी तरलता सुविधा बुधबार उठाएका छन्। एकै दिन बैंक तथता वित्तीय संस्थाहरुले ६३ अर्ब ४१ करोड ८५ लाख रुपैयाँ स्थायी तरलता सुविधा उठाएका हुन्।

चालु आर्थिक वर्षको साउन १३ गतेबाट बैंकहरुले निरन्तर स्थायी तरलता सुविधा लिइरहेका छन्। बुधबार उठाएको स्थायी तरलता सुविधा राष्ट्र बैंकको इतिहासमै सर्वाधिक धेरै हो।

चालु बर्षको पहिलो दिन बैंकहरुले ५० करोड रुपैयाँबाट लिएको सुविधा बीचमा बढेर एकै दिन ५८ अर्ब ६९ करोड ५० लाख रुपैयाँसम्म पुगेको थियो। यो नै सर्वाधिक स्थायी तरलता सुविधा थियो। तर बुधबार सबै रेकर्ड तोडिएको छ। 

एकातिर ब्याज वृद्धिले पनि निक्षेप आकर्षित गर्न सकेको छैन भने अर्कोतिर बैंकहरुले ऋण बिस्तार नरोक्दा कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) ९१ प्रतिशत हाराहारी पुगेको छ। पैसा नभइ ऋण दिँदा राष्ट्र बैंकमा जम्मा गर्नुपर्ने अनिवार्य तरलता अनुपात (सीआरआर) का लागि पनि बैंकहरुसँग पैसा हुन छाडेको छ। 

१०० रुपैयाँ निक्षेप हुनेले ३ रुपैयाँ राष्ट्र बैंकमा राख्नु पर्छ। यो तीन रुपैयाँ राख्ने पैसा नहुँदा बैंकहरुले निरन्तरता स्थायी तरलता सुविधा (एसएलएफ) उठाइरहेका छन्। त्यही भएर स्थायी तरलता सुविधा उठाउने क्रम बढेको छ। चालु बर्ष बुधबारसम्म गरेर ४४ खर्ब ४६ अर्ब ९ करोड ४८ लाख रुपैयाँ स्थायी तरलता सुविधा उठाएका छन्।

अलिक अगाडि ५ प्रतिशत ब्याजमा एसएलएफ पाइने गरेकोमा अहिले बढाएर ७ प्रतिशत पुर्‍याइएको छ। तैपनि एसएलएफ लिन क्रम घटेको छैन। बैंकहरुबीच आपसमा चल्ने अन्तर बैंक सापटी दर नै ७ प्रतिशत नजिक पुगेको छ।

बुधबारसम्म बैंक तथा वित्तीय संस्थाको राष्ट्र बैंकलाई तिर्नु पर्ने सापटी दायित्व एक खर्ब ७० अर्ब ६३ करोड ८० लाख रुपैयाँ नाघेको छ। 

5300
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका