जोडिनुहोस
मङ्लबार, बैशाख १८, २०८१
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • नयाँ वर्षमा हुन्डाई गाडी किन्दा ६ लाख रुपैयाँ छुट, एक्सचेञ्ज गर्दा १० लाखसम्म बोनस

नयाँ वर्षमा हुन्डाई गाडी किन्दा ६ लाख रुपैयाँ छुट, एक्सचेञ्ज गर्दा १० लाखसम्म बोनस

हुन्डाई गाडी खरिदमा ६ लाख रुपैयाँसम्म नगद छुट पाइने भएको छ । हुन्डाई गाडीको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ वर्ष लक्षित गरि ल्याएको योजनामा सो बराबरको नगद छुट पाइने भएको हो ।

कम्पनीले आजदेखि हुन्डाई नयाँ वर्ष, नयाँ वर्ष २०८१ नामको योजना ल्याएको छ। सो योजना अन्तर्गत हुन्डाई गाडी खरिदमा ६ लाख रुपैयाँसम्मको नगद छुट पाइने छ । यस्तै, एक्सचेञ्जमा भने १० लाख रुपैयाँसम्मको बोनस प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।

यसका साथ निःशुल्क बीमा सुविधा पनि रहेको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार हुन्डाई गाडी किन्दा १ वर्षसम्मको निःशुल्क बीमा सुविधा र सवारी करको सुविधा पनि रहेको छ । यस्तै, तत्काल मूल्याङ्क र एक्सचेञ्ज सुविधा पाउने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार स्क्रयाचको ३ गुणासम्म नगद छुट प्राप्त गर्न सक्ने छन् । यस्तै, सबै प्रकारका गाडी खरिदमा ३ वर्षको वारेन्टी, ६ वर्षको निःशुल्क सर्भिसिङ सुविधा रहेको कम्पनीले जनाएको छ। यता, विद्युतीय गाडीको ब्याट्रीमा ८ वर्ष र मोटरमा २ वर्ष वारेन्टी सुविधा छ ।

610
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका