पुँजीबजार सुधार संघर्ष समितिका संयोजक तिलक कोइरालाले धितोपत्र बोर्ड बाहिर आमरण अनशन सुरु गर्नुभएको छ ।
कोइरालाले साढे ११ बजेबाट खुमलटारस्थित नेपाल धितोपत्र बोर्डको कार्यालयबाहिर आमरण अनशन सुरु गर्नुभएको हो ।
कोइरालाको यो तेस्रो आमरण अनशन हो। पुँजीबजारका सबै सरोकारवालाहरुको साझा आन्दोलन भएकाले सबैबाट साथ, सहयोग र समर्थनको अपेक्षा रहेको कोइरालाले बताउनुभयो । पुँजीबजार सुधार र विस्तारका मागसहित लगानीकर्ताहरु गत जेठ २० गतेबाट आन्दोलनरत छन्।