जोडिनुहोस
सोमवार, मंसिर १५, २०७७
सोमवार, मंसिर १५, २०७७
  • होमपेज
  • बैंक र वित्तिय संस्थामा कोरोना भाइरस सीइओ, डिपुटी सीइओ, विभागिय प्रमुख सहित २५ सय भन्दा बढि आइसुलेसनमाः हामी कहाँ र कसरी सुरक्षा विधिमा चुक्यौ ?

बैंक र वित्तिय संस्थामा कोरोना भाइरस सीइओ, डिपुटी सीइओ, विभागिय प्रमुख सहित २५ सय भन्दा बढि आइसुलेसनमाः हामी कहाँ र कसरी सुरक्षा विधिमा चुक्यौ ?

नेपालका प्राय सबै बैंक, वित्तिय संस्था, बीमा समिति र विमा कम्पनीमा कार्यरत हजारौं कर्मचारीहरुमा कोरोना भाइरसको संक्रमण देखापरेको भेटिएको छ ।

२७ वाणिज्य बैंकका केही सीइओ सहित हजारौं कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखापरेको भेटिएको हो । यस्तै विकास बैंक, बीमा समिति र वित्तिय संस्थामा सीइओ, अध्यक्ष देखि पियन र गार्डहरुमा समेत कोरोना भाइरस फेला परेको स्रोतको दाबी छ ।
बैंक वित्तिय संस्था अत्यावश्यक सेवा भित्र पर्ने भएका कारण कोरोना महामारी बीच पनि जनतालाई सेवा प्रदान गरेकाले धेरै कर्मचारीलाई कोरोना भाइरस देखा परेको कुमारी बैंकका सीइओ सुरेन्द्र भण्डारीले पंक्तिकारसंग टेलिफोनमा बताए ।

नेपाल कोरोनाका कारण लकडाउन भएपछि लगातार सेवा देखि ब्याज छुट र कर्जाको समय थप गर्दै आएका बैंक र वित्तिय संस्था भित्रै कर्मचारीहरुनै कोरोना भाइरसको संक्रमण भएपनि उनीहरुको उपचार बैंक र वित्तिय संस्थाले नै गर्नुपर्ने राष्ट्र बैंकको निर्देशनमा उल्लेख छ । एकातिर सेवा सधै दिनुपर्ने अर्को तिर कोरोनाको उपचार पनि आफै गर्नु पर्ने भएपछि बैंकरहरु राज्यसंग खुशी देखिदैनन् ।

वाणिज्य बैंकहरुका करिब २५ सय भन्दा बढि कर्मचारी कोरोना भाइरसबाट संक्रमित भएका छन् । नेपाल बैंकर्स संघले चार दिनयता बैंकहरुमा कोरोना संक्रमणको तथ्यांक संकलन सुरु गरेको छ ।

नेपाल राष्ट्र बैंकले पनि बैंक तथा वित्तीय संस्थासँग कति जना कर्मचारी कोरोनाबाट संक्रमित भएका छन् भनेर सोधपुछ भने गरेको छ ।
अधिकाशं बैंकमा ९०÷१०० जनाजति संक्रमित भएपछि बैंकरहरु चिन्तित भएका छन् ।
स्ट्यान्डर्ड चार्टर्ड, बिओके, सानिमा बैंक लगायतका बैंकमा संक्रमण दर कम भएपनि अरु २४ वाणिज्य बैंकमा बढि देखिन्छ ।

विश्वव्यापीरुपमा आएको अदृश्य रोग कोरोना भाइरसबाट नेपालमा करिब ५ सय भन्दा बढिले ज्यान गुमाएका छन्, भने ८५ हजार भन्दा बढि बिरामी परेका छन् । लामो लकडाउनपछि खुलेको नेपालमा कोरोना भाइरस समुदायस्तरमै फैलिएको संकेत देखा पर्न थालेको छ ।

विगतमा ४ महिना लकडाउन हुँदा ३÷४ जनामा देखिएको कोरोना भाइरस दिनैमै १०÷१२ जनाको मृत्यु हुने अवस्था कसरी आयो हामी कहाँ चुक्यौ ? कसरी चुक्यो ? यो सबेलाई थाहा नै छ । जब लकडाउन खुल्यो तब सबै जस्तो जिल्लाबाट व्यापार गर्न वा अन्य कुनै उद्देश्यले हामी राजधानीमा जम्मा भए र हामीले नै कोरोना भित्र्यायौ भन्दा अब चाहि फरक पर्दैन ।

जब राजधानीमा भीडभाड बढ्यो । त्यसको असर सबैतिर फैलियो र यससंगै समुदाय भित्रै कोरोना पस्यो भन्दा अब फरक नपर्ला । लकडाउन खुल्यो कर बुझाउने, बैंकको किस्ता, इन्स्योरेन्स पोलिसीको किस्ता तिर्ने देखि पेन्सीन पट्टा लिनेहरुको भिड बन्यो बैंक र यसका शाखा कार्यालयहरुमा यो लुकाएर लुक्दैन ।

हामीले बैंक पस्दा र बाहिर निस्कदा सचेतना अपनायौ कि अपनाएनौ ? करिब १÷२ घण्टा लाइन बस्दा कति पटक माक्स र सेनिटाइजर लगायौ ? यसको उत्तर हामीसंग छैन । बैंकका सीसीक्यामरा भित्र नै होला । यसैको फलस्वरुप आज अत्यावश्यक सेवा भित्र पर्ने बैंक र बैंकका कर्मचारीलाई कोरोना भाइरसले घेरेको छ भन्दा पनि फरक पर्दैन ।

बैंकका एक कर्मचारीको कोरोनाबाटै मृत्यु भएको दुखद खबर हामीले पायौ । सयौ बैंकका कर्मचारी आइसुलेसन र होम क्वारेनटाइनमा बसेको समाचार आयो । नेपाल राष्ट्र बैंकले समयमै निर्देशन जारी गर्दै भनेको थियो । कोरोना रोकथामका सुरक्षाका सबै उपाय अबलम्बन गर्नु । तर, हामीले कति ग¥यौ निर्देशनको पालना ? यसको उत्तर हामीसंग छ कि छैन ।

केही दिन अगाडी पोखरामा कोरोना संक्रमणबाट एकजा बैंकका कर्मचारीको मृत्यु भएको छ । कोरोनाको कारण नबिल बैंकमा कार्यरत सुरक्षागार्डको मृत्यु भएको पुष्टि भइसकेको छ । उनी नबिल बैंकको पोखरा समागृह शाखामा सुरक्षा गार्डको रुपमा कार्यरत पुरुष हुन् ।
पछिल्लो समय विभिन्न बैंकका कर्मचारीहरुमा कोरोना संक्रमण बढेको मात्रै छैन, डरलाग्दो पनि देखिन्छ ।

बैंकमा कार्यरत कर्मचारीहरुद्धारा कोरोना परिक्षण बढाएका छन् । हालसम्म करिव २५ सय बढी बैंक, वित्तिय संस्थामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएको छ ।

त्यसैगरी सरकारी बैंकहरु नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकमा पनि विभिन्न शाखाहरुमा कोरोना संक्रमण देखिएको छ । प्राइम कमर्सियल बैंकको मुख्य कार्यालयमा मात्रै करिव डेढ दर्जन कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी सनराइज बैंकका विभिन्न शाखामा कोरोना संक्रमण देखिएको छ ।

केही बैंकको एउटै शाखामा धेरै जनामा कोरोना देखिएको छ । नेपाल इन्भेस्टमेन्ट बैंक, एभरेस्ट बैंक, ग्लोवल आइएमई बैंक, सानिमा बैंक, एनआईसी एसिया बैंक, सिभिल बैंक, सिद्धार्थ बैंक, मुक्तिनाथ विकास बैंक, महालक्ष्मी विकास बैंकका सीइओ सागर शर्मा लगायत दर्जनौ कर्मचारीलाई कोरोना पुष्टी भएको छ । बैंकिङ क्षेत्रमा कोरोना संक्रमणले अधिकाश बैंकवित्तलाई छोएको छ । कतिपयको केन्द्रीय कार्यालयमा त कतिपयको विभिन्न शाखाहरुमा कोरोना संक्रमण फैलिएको छ । काठमाडौंकै बैंकहरुमा कोरोना संक्रमण देखिएपछि बैंकवित्तले उच्च सतर्कता अपनाएर सेवा दिएका देखिन्छ ।

बैंक उच्च व्यवस्थापनको चरम लापरबाहीले गर्दा बैंकका कर्मचारीलाई कोरोना संक्रमण बढेको स्यंम कर्मचारीको गुनासो हामीलाई आएको छ । दैनिक सयौँ व्यक्तिको प्रत्यक्ष सम्पर्कमा आउने बैंकका तल्लो तहका कर्मचारीको स्वास्थ्य सुरक्षामा बैंक व्यवस्थापनले यति धेरै चिन्ता नलिएको देखिन्छ ।अत्यावश्यक सेवा अन्तर्गत रहेका बैंक तथा वित्तीय संस्थाले सेवा दिँदा न्यूनतम स्वास्थ्य सुरक्षाका उपाय अपनाउन पनि जरुरी रहेको छ । नेपाल राष्ट्र बैंकले न्यूनतम् स्वास्थ्य सुरक्षाका उपाय अपनाएर मात्र कार्यालय सञ्चालन गर्न आधा दर्जन बढी निर्देशन जारी गरिसकेको थियो । तर, यो कति पालना भए यसको उत्तर कसले दिने ?

केन्द्रीय बैंकले बैंकिङ सेवा प्रवाहमा प्रत्यक्ष रहने कर्मचारी तथा सेवाग्राहीको सुरक्षा र संक्रमणको जोखिमलाई न्यूनिकरण गर्न आवश्यक स्वास्थ्य सुरक्षाका उपाय सेनिटाइजर, माक्स, किटनाशक निर्मलीकरण पञ्जालगायतको प्रयोग गर्न निर्देशन पटकरपटक दिएको थियो ।
कार्यालयमा प्रवेश गर्ने प्रत्येक कर्मचारी र सेवाग्राहीको शरीरको तापक्रम अनिवार्य परीक्षण गर्न समेत सुझाव दिएको छ । सामाजिक दुरी कायम गर्दै ग्राहकको चाप नहुने गरी सेवा प्रवाह गर्ने र विद्युतीय कारोबारलाई प्रोत्साहन गर्ने सुझाव राष्ट्र बैंकको थियो । तर, हामी कहाँ चुक्यौ त ?

विगतमा लकडाउन खुलेसँगै बजारमा भिड अत्यधिक देखिएको थियो । त्यसमाथि बैंक तथा वित्तीय क्षेत्रको त झनै बढी यहि कारण आज बैंकर माथि कोरोना पस्यो की ?

अधिकाश बैंक तथा वित्तीय संस्थामा सेनिटाइजर र थर्मल गनको व्यवस्था गरिएपनि लामो लाइनको कुनै व्यवस्थित व्यवस्थापनमा संस्था चुकेको देखिएको छ । पुरातन शैलीमै काम गरिरहेको देखियो । यो सुधार गर्न जरुरी देखिन्छ ।

कोरोनाले अक्रान्त पारिरहेको यो परिवेशमा अत्यधिक भिड हुने स्थानमा योजनाबद्ध काम कारबाही अपरिहार्य रहेको र कुनैपनि हेलचेक्राइँ गरिनुहुन्न । भिडले नै कोरोना फैलनसक्ने कुरालाई गम्भीरताका साथ लिनुपर्नेमा दुइमत थिएन । समस्यलाई समाधानको बाटोतर्फ बैंक तथा वित्तीय संस्थाले लैजानु पर्दछ नत्र भोलीको अवस्था के हुन्छ भन्न सकिदैन ।

सावधान ! सानोमात्र हेलचेक्राइँले दुर्घटना घट्न समय लाग्दैन, यो अवस्था आउनु संस्थाको जिम्मेवारी मानिन्छ । हेक्का होस् ।

कन्ट्याक्ट ट्रेसिङ के हो त ?
कोरोना संक्रमण (कोभिड–१९) को महामारी विश्वव्यापी बनेसँर्गै ‘कन्ट्याक्ट ट्रेसिङ’ पछिल्लो समय सबैले सुनेको शब्द हुनुपर्छ । तर, धेरैलाई कन्ट्याक्ट ट्रेसिङ के हो भन्नेबारे जानकारी नभएको देखिन्छ । कोरोना संक्रमितसँग सम्बन्धित मानिसहरुलाई अन्य व्यक्तिको सम्पर्कमा नजान र घुलमिल नगराउने लक्ष्यसहित गरिने एक कार्यलाई कन्ट्याक्ट ट्रेसिङ भनिन्छ ।
कुनै मानिसले समाजमा, समुदायमा नै भाईरस फैलाउनसक्ने सम्भावना भएको खण्डमा मानिसहरुलाई होसिया। बनाउनका लागि यसको प्रयोग गरिन्छ ।

तर विज्ञहरुका अनुसार कन्ट्याक्ट ट्रेसिङ भनेको मानिसहरुबाट अन्य मानिसमा संक्रमण फैलने दर घटाउने र कुनै स्थानलाई पुनः खोल्न मद्धत पुर्याउने उपाय हो । तर यसको प्रक्रिया भने त्यति सजिलो छैन ।
कुनै एक व्यक्तिलाई भाईरस संक्रमण भएको खण्डमा उसँग सम्बन्धित मानिसहरु र उ गएको स्थानहरुको बारेमा जानकारी लिनुलाई पनि कन्ट्याक्ट ट्रेसिङको संज्ञा दिन सकिन्छ ।

यस्तै अर्को क्लोज कन्ट्याक्ट । यसको अर्थ कुनै संक्रमित व्यक्तिसँग कुनै मानिस ६ फिटभन्दा नजिक र १० मिनेटको आसपासमा हुनु । यस्ता मानिसहरुले भने आईसोलेसनमा बस्ने, र जाँच गराउनुपर्ने हुन्छ । यस्तै उनीहरुमा लक्षण देखिएको खण्डमा ट्रेसिङलाई पुनः विस्तृत ढंगले सुरुवात गर्नुपर्छ ।

कन्ट्याक्ट ट्रेसिङलाई विभिन्न देशमा विभिन्न प्रक्रियाले गर्ने गरिन्छ । तर कन्ट्याक्ट ट्रेसिङको सुरुवात भने संक्रमितको परिवार, साथीहरु, उ गएको होटल, रेष्टुरेन्ट वा बारलाई प्राथमिकतामा राखेर गरिनुपर्छ भन्ने मान्यता छ।

बीमा समितिका उच्च पदस्थ पाँच कर्मचारीमा कोरोना पुष्टि ?
बीमा समितिका पाँच उच्च पदस्थमा कोरोना संक्रमण पुष्टि भएपछि एक साताका लागि कार्यालय बन्द गरिएको छ ।उच्च पदस्थ पाँच जनामा कोरोना पुष्टि भएपछि सबै कार्य अहिलेलाइ रोकिएको बीमा समितिले जनाएको छ ।

कार्यालय आगामी आइतबारसम्मका लागि शिल गरिएको समितिले भनेको छ । कार्यालय बन्द भएपछि समितिका कुनै पनि सेवा प्रवाह हुने छैन । व्यक्तिगत रुपमा दिने परामर्शको काम भने जारी रहने देखिन्छ । त्यसकारण अबको काम सुरक्षाका सम्पूर्ण उपाय अपनाएर यो महामारीबाट बच्नु पर्दछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका