जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • “एशियन सुरक्षा प्लस(म्यादी)” जीवन बीमा योजना सार्वजनिक

“एशियन सुरक्षा प्लस(म्यादी)” जीवन बीमा योजना सार्वजनिक

एशियन लाइफ इन्स्योरेन्स कम्पनीले “मेरो सुरक्षा कवच“ नाराको साथ आकर्षक एवम् नविनतम जीवन  बीमा योजना “एशियन सुरक्षा प्लस (म्यादी) जीवन बीमा” सार्वजनिक गरेको छ ।

कम्पनीको प्रधान कार्यालयमा आज संचालक समितिका अध्यक्ष दिपक कुमार श्रेष्ठलगायतको उपस्थितिमा बीमा योजना सार्वजनिक गरिएको हो । यस बीमा योजना अन्तर्गत १६ वर्षदेखि ६४ वर्ष उमेरसम्मको व्यक्तिले न्यूनतम २५ रुपैयाँदेखि अधिकतम आफ्नो आय श्रोतको आधारमा बीमाङ्क रकम चयन गर्न सक्नेछन् ।

न्यूनतम १ वर्षदेखि अधिकतम १५ वर्षसम्मको लागी जारी हुने यस बीमा योजना अन्तर्गत बीमाशुल्क भुक्तानीको लागी एकल,नियमित र सीमित भुक्तानीमध्ये कुनै एउटा विकल्प रोज्न सकिने कम्पनीले जनाएको छ । यसले गर्दा बीमाशुल्क भुक्तानीमा बीमितलाई सहजता हुने कम्पनीको दावी छ ।

यस योजना अन्तर्गत बीमा अवधिभित्र बीमितको निधन भएमा बीमांक रकम भुक्तानी दिइनेछ । बीमा अवधिभित्र बीमित जीवितै रहेको अवस्थामा कुनै पनि रकम प्रदान गरिनेछैन । यस योजनामा ऐच्छिक सुविधामा दाह संस्कार खर्च ,दुर्घटना मृत्यु लाभ,दुर्घटना मृत्यु लाभ र स्थायी अपाङ्ग÷अशक्त सुविधा बीमाशुल्क छुट सुविधा लिन सकिने छ ।

एशियन सुरक्षा प्लस (म्यादी) जीवन बीमा योजना सार्वजनिक गरेको आजकै दिनमा उक्त योजना अन्तर्गत देशभर रहेका ४० वटा शाखा कार्यालयहरुबाट ५,३०१ वटा म्यादी बीमालेखहरु एकै दिनमा जारी गरिएको छ ।

५ अर्ब रुपैयाँ अधिकृत पूँजी, र२ अर्ब १ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको २०७७ पुस मसान्तसम्म जीवन बीमा कोष २४.७१ अर्ब रुपैयाँ रहेको छ । साथै कम्पनीले पुस मसान्तसम्ममा ३.१७ अर्ब रुपैयाँ बीमाशुल्क आर्जन गरेको कम्पनीले जनाएको छ ।

6285
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका