जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • सेयर खरिद गरेबापत गर्नुपर्ने भुक्तानी आईएमई पेबाटै गर्न पाउने

सेयर खरिद गरेबापत गर्नुपर्ने भुक्तानी आईएमई पेबाटै गर्न पाउने

सेयर लगानीकर्ताले ब्रोकरलाई सेयर खरिद गरेबापत गर्नुपर्ने भुक्तानी आईएमई पेबाटै गर्न पाउने भएका छन्। कम्पनीले आफ्नो टीएमएसमार्फत आईएमई पे छनौट गरी सेयर खरिदकर्ताले भुक्तानी गर्नसक्ने व्यवस्था मिलाएको हो।

योसँगै सेयर खरिद गर्न चाहिने कोलेटरल आईएमई पेबाट लोड गर्न सकिनेछ। हाल यो सुविधा ३५ वटाभन्दा बढी ब्रोकरहरुमा उपलब्ध छ। आगामी दिनमा बाँकी ब्रोकरहरु पनि थपिने कम्पनीले बताएका छन्।

टीएमएसमा धितो लोड गर्दा र फन्ड सेटलमेन्ट गर्दा आईएमई पे रोजी सजिलै कारोबार गर्न सकिने हुँदा यसले सेयर कारोबार गर्ने सबैलाई थप सहज हुने साथै भुक्तानी सेवा प्रदायक यसरी टीएमएसमा जोडिनुले नेपालको सेयर बजारलाई डिजिटाइज गर्न थप टेवा पुग्ने कम्पनीका प्रमुख व्यापार अधिकृत प्रमोदमान सिंह बस्नेतले जानकारी दिनुभयो।

यो भुक्तानी रियल–टाइममा हुने भएकोले ब्रोकर तथा सेयर लगानीकर्ता दुवैले ढुक्कै कारोबार गर्न सक्नेछन्। यो सुविधा प्रयोग गर्ने सेयर लगानीकर्तालाई हालको लागि कुनै सेवा शुल्क नलाग्ने गरी व्यवस्था मिलाइएको आईएमई पेले जनाएको छ।

5240
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो कि?