जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • एनआईसी एशिया बैंकको ‘टिकटक भिडियो च्यालेन्ज’

एनआईसी एशिया बैंकको ‘टिकटक भिडियो च्यालेन्ज’

एनआईसी एशिया बैंकले टिकटक भिडियो निर्माण लक्षित ‘टिकटक च्यालेन्ज’ प्रतियोगिता सार्वजनिक गरेको छ ।

०७८ असार ६ देखि साउन ५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा बैंकको आधिकारिक टिकटक पेजमा बैंकले डिजिटल बैंकिङको प्रवर्द्धनार्थ तयार पारेको ‘मोबैंक गरौं’ थिमका ६ वटा फरक–फरक जिंगल प्रयोग गरेर सहभागी हुन सकिनेछ । प्रतियोगितामा सहभागी भई प्रतिभिडियो रु. १५ हजार बराबरको उपहार जित्न सकिनेछ । एक जना सहभागीको एकभन्दा बढी भिडियो छनोट भए १५ हजारका दरले हुन आउने कुल रकम बराबरको उपहारको व्यवस्था बैंकले गर्नेछ । अभियानमा सहभागी सहभागीले बैंकको आधिकारिक टिकटक पेजमा फलो गर्नुपर्नेछ ।

सहभागीले आफूले बनाएको भिडियो आफ्नो टिकटक पेजमा ५ जना साथीलाई ट्याग गर्नुका साथै बैंकको एनआईसीएसिया बैंक अफिसियल ह्याच एनआईसीबैंक ह्याच मोबैंक गरौं उल्लेख गरेर सार्वजनिक रूपमा सेयर गर्नुपर्नेछ । प्रक्रिया पूरा गरेपछि अपलोड भएका ६ वटा थिमका भिडियोमध्ये प्रत्येक थिममा सबैभन्दा बढी पटक हेरिएका एक÷एक वटा भिडियो विजयी हुनेछन् । विजेता बन्न योग्य हुन भिडियो न्यूनतम १५ हजार पटक हेरिएको हुनुपर्नेछ । सहभागीले बनाएका भिडियोलाई बैंकले आफ्नो प्रयोजनका लागि कुनै पनि समय प्रयोग गर्न सक्नेछ ।

2835
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका