जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • प्रभु बैंकको ४ अर्ब रुपैयाँको ऋणपत्रमा आवेदन दिने समय थप

प्रभु बैंकको ४ अर्ब रुपैयाँको ऋणपत्रमा आवेदन दिने समय थप

प्रभु बैंकको ऋणपत्रमा आवेदन दिने समय थप गरिएको छ । जेठ ११ गते मंगलबारदेखि बिक्री खुल्ला बैंकको “८.५ प्रतिशत प्रभु बैंक डिबेन्चर २०८७” ऋणपत्रमा आवेदन दिने समय थप गरिएको हो । अब बैंकको ऋणपत्रमा जेठ २६ गतेसम्म आवेदन दिन सकिनेछ । प्रभु बैंकले वार्षिक ८.५ प्रतिशत ब्याजदरमा प्रत्येक ३–३ महिनामा ब्याज भुक्तानी गर्ने बताएको छ ।

बैंकले ४ अर्ब रुपैयाँ बराबरको १० वर्षे “प्रभु बैंक डिबेञ्चर–२०८७” नामक ऋणपत्रमा आवेदन दिने जेठ १६ गते र ढिलोमा जेठ २६ गतेसम्म आवेदन दिने ब्यवस्था मिलाईएको छ । तर माग गरेजति आवेदन नपरेकाले समय थप गरिएको जनाएको हो ।

बैंकले प्रति कित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ४ अर्ब रुपैयाँको ४० लाख कित्ता बिक्री गरेको हो । जसमा १५ लाख २० हजार कित्ता सर्वसाधारणलाई छुट्याईएको छ । ५ प्रतिशत अर्थात् ८० हजा कित्ता सामुहिक लगानी कोषका लागि छुट्टयाईएको हो । बाँकि २ अर्ब ४० करोड रुपैयाँ बराबरको २४ लाख कित्ता विभिन्न व्यक्ति तथा संघ संस्थाहरुलाई व्यक्तिगत तवरबाट बिक्री गरिनेछ ।

लगानीकर्ताले सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट न्युनतम २५ कित्तादेखि अधिकतम १० लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन । बैंकको ऋणपत्र बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स लि। रहेको छ ।

8820
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?