जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • हिमालयन र सिभिलको डीडीए अन्तिम चरणमा

हिमालयन र सिभिलको डीडीए अन्तिम चरणमा

हिमालयन बैंक र सिभिल बैंकको सम्पत्ति दायित्व मूल्यांकन (डीडीए) अन्तिम चरणमा पुगेको छ। दुवै बैंकको आन्तरिक कार्यसँगै डीडीए अन्तिम चरणमा पुगेको हो । अहिले दुवै बैंकको इन्टरनल काम हुुँदैछ।

नेपाल राष्ट्र बैंकको साउन तेस्रो साता बसेको सञ्चालक समितिले दुुवै बैंकको मर्जर तथा प्राप्तिको सैद्धान्तिक स्वीकृत दिने निर्णय गरेको थियो। गत असार २९ मा हिमालय बैंकले सिभिल बैंकलाई प्राप्ति गर्नेसम्बन्धी प्रारम्भिक सम्झौता भएको थियो।

सम्भौताअनुुसार सिभिल बैंकको १०० कित्ता सेयर हुनेले हिमालयनको ८१ कित्ता सेयर पाउनेछन् भने मर्जरपछि बैंकको नाम हिमालयन बैंक नै रहनेछ। यस्तै बैंकको सञ्चालक समितिमा पनि अहिलेको हिमालयनका सदस्यहरु नै रहनेछन्। यस्तै ग्लोबल आईएमई र बैंक अफ काठमाण्डू (बीओके)को मर्जर समितिले पनि डीडीएकै काम गरिरहेको बताइएको छ ।

3595
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?