जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • सेञ्चुरी कमर्सियल बैंकको सेयर कारोबार फुकुवा

सेञ्चुरी कमर्सियल बैंकको सेयर कारोबार फुकुवा

सेञ्चुरी कमर्सियल बैंकको सेयर कारोबार फुकुवा भएको छ। प्रभु बैंकसँग मर्जरका क्रममा रहेको यो बैंकको सेयर कारोबार मंसिर ११ गतेबाट फुकुवा भएको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ।

नेप्सेका अनुसार मंसिर ११ गतेको निर्णय अनुसार संस्थापक बाहेकको सेयर कारोबार फुकुवा गरिएको हो। फुकुवा भएको सो कम्पनीको सेयर कारोबार सोमबारबाट दोस्रो बजारमा हुनेछ।

गत साउन १५ गते प्रभुले बैंकलाई प्राप्ति गर्ने निर्णय भएको थियो। सो निर्णयपछि साउन १६ गतेबाट कारोबार रोक्का रहेको यो बैंकको कारोबार खुलाउन नेप्सेमा पत्र पठाएपछि कारोबार फुकुवा भएको हो।

बराबरी हैसियत अर्थात सेयर आदानप्रदान अनुपात १ बराबर हुने भएकाले नयाँ बन्ने बैंकको चुक्ता पुँजी २२ अर्ब २६ करोड रुपैयाँ पुग्ने छ।

3305
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?