
कुमारी बैंकले वैदेशिक रोजगारमा रहेका नेपालीका लागि कुमारी रेमिट आइपीओ बचत खाता सञ्चालनमा ल्याएको छ। यो खाता मार्फत वैदेशिक रोजगारीमा गएका आवेदनकर्ताहरुका लागि सुरक्षित गरिएको १०% प्राथमिक सेयर निष्कासनमा आवेदन दिन सक्ने व्यवस्था मिलाइएको बैंकले जनाएको छ।
श्रम स्वीकृति, वैध भिसा र पासपोर्टका आधारमा रेमिट आइपीओ बचत खाता खोलेर प्राथमिक सेयरमा आवेदन दिन सकिने बताइएको छ। बैंकले आफ्नो कुनै पनि शाखा वा अनलाइन माध्यमबाट समेत सो खाता खोल्न मिल्ने व्यवस्था गरेको छ।
वैदेशिक रोजगारमा रहेका नेपालीले प्राथमिक सेयरमा लगानी गर्ने अवसरलाई सुनिश्चित गर्न कुमारी बैंकले ल्याएको यस सुविधाले मद्दत पुग्ने विश्वास बैंकको छ।
देशभर १९९ शाखा सञ्जाल, १९५ एटीएम, ६० शाखारहित बैंकिङ इकाइ तथा ३६ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक सेवासुविधाहरु प्रदान गर्दै आएको कुमारी बैंकले आगामी दिनहरुमा अझ सुरक्षित, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लग्ने प्रतिबद्धता जनाएको छ।
सम्बन्धित समाचार
लोकप्रिय समाचार







































































