जोडिनुहोस
बुधबार, मंसिर १४, २०७९
बुधबार, मंसिर १४, २०७९
  • होमपेज
  • चीनीयाँ नागरिकले लुटे नेपाली बैंक

चीनीयाँ नागरिकले लुटे नेपाली बैंक

एटिएमको पिन नम्बर ह्याक गरेर ग्राहकको बैंक खाताबाट करौडौँ रुपैयाँ लुट्ने पाँच जना चिनियाँ नागरिक प्रहरीको फन्दामा परेका छन्। चीनबाट नै नेपालमा रहेका एटिएम बुथबाट रकम लुट्ने योजनाका साथा उनीहरु नेपाल आएको प्रहरी अनुसन्धानमा खुलेको छ।

शुक्रबार उनीहरु पर्यटन भिषामा नेपाल प्रवेश गरेका थिए। पाँच जनाको समूहमा आएका उनीहरुले जय नेपाल हल नजिकै रहेको माया मोहर होटेल बुक गराएका थिए। होटेलको तीनवटा कोठा बुक गराएर शुक्रबार देखि त्यहीँ बसेका थिए।

काठमाडौँ झरेको २४ घण्टामै उनीहरुले योजना अनुसार रकम झिक्न सुरु गरेका थिए। प्रहरीले अहिलेसम्म एक करोड ३६ लाख रुपैयाँ ह्याकरबाट बरामद गरिसकेको छ। बैंकहरुले भने करिब पाँच करोड रकम झिकिएको दाबी गरेका छन्।

‘चीनबाटै योजना बनेको देखिन्छ। बैंकहरुको आवश्यक डाटा नै लिएर आएका रहेछन्। रकम झिकेर तत्कालै चीन फर्केने योजना देखिन्छ’ परिसरका डिएसपी होविन्द्र बोगटीले भने।

शनिबार बेलुका प्रहरीलाई एटिएमबाट रकम झिकिएको सूचना बैंकले नै दिएका थिए। सूचना पाएपछि प्रहरीले कारबाही थालेको थियो। केही समयको निगरानीपछि दरबारमार्गमा रहेको नबिल बैंकको एटिएमबाट एक चिनियाँ नागरिकले झोलामा पैसा लिएर गएको भेटिएपछि नियन्त्रणमा लिइएको थियो।

‘एटिएमबाट झोलामा पैसा लगेको देखेपछि शंका लागेर अनुसन्धान अगाडि बढाएका थियौँ। सोक्रममा अन्य पनि फेला पार्‍यौँ।’ एक अनुसन्धान अधिकृतले भने।

प्रहरीले नियन्त्रणमा लिएका ती व्यक्तिलाई पिछा गर्दै गएपछि होटेल माया मनोहरमा पुगेको थियो।

‘एक जनालाई एटिएम बुथ र बाँकीलाई होटेलबाट नियन्त्रणमा लिएका हौँ।’ महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी उत्तमराज सुवेदीले भने।

शुक्रबार नेपाल आएका उनीहरुले एटिएम बुथबाट निकालेको पैसा झोला र ब्रिफकेसमा राखेर होटेलको कोठामा पुर्‍याउने गरेको देखिएको छ। उनीहरुले दरबारमार्ग, स्रोहखुट्टे, ठमेल क्षेत्रका एटिएमलाई टार्गेट बनाएका थिए। ‘चाँडै सूचना नपाएको भए करोडौँ रुपैयाँ लुटिसकेका हुन्थे।’ एसएसपी सुवेदीले भने।

स्रोतका अनुसार, शनिबार नबिल बैंकका विभिन्न एटिएम बुथहरूबाट ठूलो मात्रामा नगद झिकिएको थियो। ठूलो मात्रामा पैसा झिकिएपछि कर्मचारीहरूले के भएको रहेछ भनेर सिस्टमबाट त्यसलाई ट्रयाक गर्न थाले। उनीहरूले अस्वाभाविक रूपमा पैसा झिकिएको र केही शंकास्पद गतिविधि भएको थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए।

केही बैंकहरुले प्रयोगमा ल्याएको नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम लिमिटेड (नेप्स) को प्रणालीलाई चिनियाँ गिरोहले ह्याक गरेको छ। यो प्रणालीमा १५ वटा बैंकहरु आबद्ध छन्।

उनीहरु रकम लुटेर आइतबार र सोमबार नै चीन फर्किने तयारीमा रहेको अनुसन्धानमा खुलेको छ

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published.

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका