जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • भारतीय दूतावासभित्रै भीआइपी पत्रकारहरूलाई रक्सीसहितको रात्रिभोज

भारतीय दूतावासभित्रै भीआइपी पत्रकारहरूलाई रक्सीसहितको रात्रिभोज

काठमाडौंको लैनचौरस्थित भारतीय राजदूतावासले नेपालका ठूला मिडिया हाउस र भीभीआइपीहरूलाई रात्रिभोज दिएर प्रभावित बनाउन खोजेको छ ।

नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीले असार २५ गते बुधबार राति लैनचौरस्थित राजदूतावासभित्र मदिरासहितको रात्रिभोज दिएका हुन् । रात्रिभोजमा सिंगलमार्ट ह्वीस्की, डबल ब्ल्याक लेबल, जंगली बँदेलको मासु, मीठाइसहितका परिकारले स्वागत गरिएको उच्च स्रोतले जनाएको छ ।

आईफा अवार्ड, भारतबाट आयात हुने तरकारी तथा फलफूलको विषादी जाँचलगायतका विषयमा नेपाल–भारतबीच सम्बन्ध चिसिएका बेला राजदूत पुरीले नेपालका ठूला मिडियाका मालिका, सम्पादक तथा केही झिनामसिना अनलाइनका सम्पादकहरूलाई बोलाएर रात्रिभोज दिएका हुन् ।

राजदूतावासभित्र रहेको राजदूत पुरीको निवास इण्डिया हाउसमा रात्रिभोज दिइएको थियो । रात्रिभोजमा युरोपियन युनियनका नेपाल ‘एजेन्ट’ दमनाथ ढुंगानाका ज्वाइँ एवम् कान्तिपुर दैनिकका सम्पादक नारायण वाग्ले, देशसञ्चार डटकमका सम्पादक युवराज घिमिरे, अन्नपूर्ण पोस्ट दैनिकका सम्पादक हरिबहादुर थापा, नागरिक दैनिकका सम्पादक गुणराज लुइँटेल, नयाँ पत्रिका दैनिकका मालिक एवम् सम्पादक कृष्णज्वाला देवकोटा, केएमजीका अनुप काफ्ले, घटना र विचार साप्ताहिकका सम्पादक देवप्रकाश त्रिपाठी, मधेस मिडिया हाउस नामक एनजिओका मालिक डा.राजेश अहिराज, द हिमालय टाइम्सका सम्पादक प्रकाश रिमाल, एवीसी टेलिभिजनका मालिक शुभशंकर कँडेल, कान्तिपुर टेलिभिजनका सम्पादक प्रशान्त अर्याल, हिमालय टेलिभिजनका कार्यकारी निर्देशक श्याम कँडेल, रिपोर्टर्स क्लव नेपालका अध्यक्ष ऋषि धमला, अभियान दैनिकका सम्पादक मदन लम्साल, वैदेशिक रोजगार व्यवसायी एवम् सगरमाथा टेलिभिजनका मालिक निर्मल गुरुङ, खबर हव डटकमका सम्पादक प्रमोद सेंढाई, मानस घिमिरेलगायतको उपस्थिति रहेको उच्च स्रोतले जनाएको छ ।

भारतीय राजदूत निवास इण्डिया हाउसमा आयोजित मदिरासहितका भव्य रात्रिभोज र छलफल कार्यक्रममा भारतीय राजदूत पुरीले नेपालमा भारतविरुद्धको भावना यथावत रहेको भन्दै चिन्ता जनाएका थिए । राजदूत पुरीले सिधै केही पनि नभने पनि उनको आशय नेपालका मिडियाले भारतको विरोध नगरुन भन्ने थियो ।

राति सात बजेबाट शुरू भएको मदिरासहितको रात्रिभोजमा भारतीय राजदूतावासमा कार्यरत उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो । ‘रअ’का नेपाल प्रमुख अभिजित हल्दरलाई मदिरासहितको रात्रिभोजमा नदेखेको सहभागी एकजना वरिष्ठ पत्रकारले बताए ।

उता, नेपालस्थित भारतीय राजदूतावास काठमाडौंले असार १४ गते शनिवारका दिन इमेल उल्लेख गरेर परराष्ट्र मन्त्रालयका सहसचिव यज्ञबहादुर हमाल, कृषि मन्त्रालयका सचिव युवकध्वज जिसी, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव केदारबहादुर अधिकारी, सहसचिव नवराज ढकाल(आपूर्ति), खाद्य प्रविधि तथा गुणस्तर कन्ट्रोल विभागका निमित्त प्रमुख मनिता जोशी वैद्यलाई पत्र लेखेको थियो ।

सो पत्रका बारेमा प्रधानमन्त्री खड्गप्रसाद ओलीले ‘मलाई केही थाहा छैन’ भनेसँग भाँडभैलो शुरू भएको थियो । दुईतिहाइको कम्युनिस्ट सरकारका प्रधानमन्त्री र नेपाल सरकारलाई सचिव र सहसचिवहरूले गुमराहमा राखेको स्वयं ओलीले सार्वजनिक रुपमा भनिसकेका छन् ।

सरकारको कर्मचारीतन्त्रको यो हदसम्मको लापरवाहीको मुख्य कारण मुख्यसचिव लोकदर्शन रेग्मी र सरकारका सचिवहरूबीचको समन्वयको अभाव रहेको स्रोतले जनाएको छ ।

निर्वाचनका बेला नेपाली कांग्रेसविरुद्धको सूचना ओलीलाई बालुकोटमा पुर्‍याउँदै आएका मुख्यसचिव रेग्मीले पुनः ओलीविरुद्ध हर्कत गर्न थालेका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारविरुद्धका सूचनाहरू यिनै रेग्मीले बालकोटमा ओली समक्ष पुर्‍याएर दिक्क लगाएका थिए । अहिले ओलीले रेग्मीलाई पनि विश्वास गर्न छाडेका छन् ।

नेपाली कांग्रेसको सरकारका पालामा भएका धेरै राम्रा कार्यक्रम र निर्णयहरू रेग्मीले माइन्युट नगरिदिएकै कारण कार्यान्वयनमा गएनन् ।

5715
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका