
पोखारा फाइनानस लिमिटेडले साधारणसभा आह्वान गरेको छ। कम्पनीले पुस ३० गते सभा आह्वान गरेको हो। सभा दरबारथोक बैंक्वेट, बाँस्तोलाथर पोखरामा गर्न लागेको हो।
कम्पनीले चुक्तापुँजी १ अर्ब ४ करोड ९ लाख १९ हजार ८१३ रुपैयाँ कुल ४.२१ प्रतिशत लाभांश प्रस्ताव गरेको हो। आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि शून्य दशमलव २१ प्रतिशत नगद लाभांश दिन लागेको हो। कम्पनीको साधारणसभाले पारिति गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरणि हुनेछ। साधारणसभा प्रयोजनको लागि पुस १९ गतेदेखि ३० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ।
यस्ता छन् बैंकको सभामा पेश हुने प्रस्तावः
सामान्य प्रस्ताव,
आर्थिक वर्ष २०७८/०७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने ।
लेखापरिक्षकको प्रतिवेदन सहित २०७९ आषाढ मसान्तको वासलात एवं आ.व. २०७८/०७९ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु उपर छलफल गरि पारित गर्ने।
आर्थिक वर्ष २०७९/८० को लागि लेखापरिक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने ।
संस्थापक समूहबाट सञ्चालक समितिमा मनोनित सञ्चालकको जानकारी सम्बन्धमा
स्वतन्त्र सञ्चालक नियुक्तिको जानकारी
संस्थापक सेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकहरुको निर्वाचन गर्ने
विशेष प्रस्तावहरु
यस वित्तिय संस्था र अन्य कुनै पनि उपयूक्त बैंक वा वित्तिय संस्थाहरु एक आपसमा गाभ्ने गाभिने वा प्राप्ती गर्नको लागि उपयुक्त बैंक तथा वित्तिय संस्थाको पहिचान गर्ने, सहमतिमा हस्ताक्षर गर्ने, सो को आधारमा राष्ट्र बैंकमा निवेदन दिन, चल अचल सम्पत्ति र दायित्व तथा कारोवारको मुल्यांकन गर्न मुल्यांकनकर्ता नियुक्त गर्न तथा निजको पारिश्रमिक तोक्ने लगायतका आवश्यक पर्ने सम्पूर्ण कार्य गर्नको लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने।
सम्बन्धित समाचार
लोकप्रिय समाचार







































































