जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • नेपाल इन्स्योरेन्स,आइएमई र प्रुडेन्सियल इन्स्योरेन्सको स्वाप रेसियोमा अझै कुरा मिलेन

नेपाल इन्स्योरेन्स,आइएमई र प्रुडेन्सियल इन्स्योरेन्सको स्वाप रेसियोमा अझै कुरा मिलेन

नेपाल इन्स्योरेन्स,आइएमई र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी मर्जरका लागि स्वाप रेसियोमै विवाद बढेको छ।
क्रस होल्डिङ रहेका यी तीन कम्पनीलाई नेपाल बीमा प्राधिकरणले आज छलफलको लागि बोलाएको थियो।

उक्त छलफलमा तीन कम्पनीको स्वाप रेसियो नमिलेपछि कुरा अगाडि नबढेको प्राधिकरणका अध्यक्ष सूर्य सिलवालले बताए।लामो समयसम्म छलफल जारी रहेपनि स्वाप रेसियोमा कम्पनीहरु मिल्न नखोजेपछि अर्को हप्तासम्मको लागि समय दिएको उनले बताए ।

‘एक सातापछि कम्पनीहरुलाई निचोड निकालेर आउन भनेको छौं’। यो समयभित्र पनि कुनै निर्णय नलिए प्राधिकरणनै अघि सर्ने उनको भनाई छ। ‘के गर्ने अहिले निर्णय भएको छैन। कम्पनीहरुले तोकिएको समयमा मर्जरका लागि कुरा मिलाउन सकेन भने मात्रै के गर्नु पर्छ हामी हेर्छौं।’- उनले भने।

यी कम्पनीहरुमध्ये आईएमई र नेपाल इन्स्योरेन्समा चन्द्र ढकाल र आईएमई ग्रुपको लगानी छ। नेपाल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्समा बिशाल ग्रुपको समेत लगानी रहेको प्राधिकरणले जनाएको छ।

प्राधिकरणले पहिलेदेखिनै तीन कम्पनीलाई क्रस होल्डिङ हटाउन निर्देशन दिएपनि मानेका छैनन्।नेपाल इन्स्योरेन्स,आइएमई र प्रुडेन्सियल इन्स्योरेन्सको केहि अघिदेखिनै मर्जरमा जाने कुरा रहेपनि स्वाप रेसियोमा विबाद सिर्जना पाइएको छ।

नेपाल बीमा प्राधिकरणको निर्देशन अनुसार तीन जीवन बीमा कम्पनी मर्जरका लागि हस्ताक्षेर गरेर स्वाप रेसियोमा कुरा नमिल्दा मर्जर टुङ्गिने अवस्थामा पुगेको थियो। प्राधिकरणले पनि यी तीन कम्पनीलाई मर्जरमा जानका लागि दवाव दिन सक्ने छ।

2885
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका