जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • सेयर बजारमा १२ करोडको सीमा हटाउनुपर्छ, राष्ट्र बैंकले माइक्रोम्यानेजमेन्ट गर्ने होइन: अर्थमन्त्री

सेयर बजारमा १२ करोडको सीमा हटाउनुपर्छ, राष्ट्र बैंकले माइक्रोम्यानेजमेन्ट गर्ने होइन: अर्थमन्त्री

अर्थमन्त्री डा. प्रकाशशरण महतले सेयर बजारमा १२ करोडको सीमा हटाउनुपर्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) सँगको भेटमा मन्त्री महतले हालको १२ करोडको सीमालाई बढाएर १८-२० करोड बनाउँदा कुनै फरक नपर्ने बताएका हु्न् ।

‘अहिले १२ करोडको सीमा छ, त्यसलाई १८-२० करोड बनाउँदा फरक पर्दैन,’ उनले भने, ‘अहिले भएको ग्यावलाई बढाउनै हुँदैन भन्ने कुनै कारण छैन, १८-२० बनाउँदा यसले सकारात्मक प्रभाव पार्छ भने के फरक पर्‍यो त ?’

अहिले घरजग्गा र सेयर बजारमा ओभर हिटिङ भएको, चाँडो फाइदा लिन म्यानुपुलेसन भएको र जग्गाको मूल्य अस्वाभाविक वृद्धि भएको पनि उनले बताए । जग्गाको कित्ताकाट खुल्दा बजार चलायमान हुने उनको दाबी छ । सेयर बजार र जग्गामा भएको लगानीलाई अनुत्पादक भनिहाल्न नहुने मन्त्री महतको तर्क छ ।

स्रोत हुँदा पनि लगानी हुन नसकेकोमा उनले चिन्ता व्यक्त गरे । ‘अहिले लगानीकर्ता, उपभोक्ता, बैंकर्स सबैमा दुबिधा हुँदा बजारमा पैसा चलायनमान हुन सकेको छैन,’ उनले भने, ‘यसमा नियामक निकायहरुले पनि हेर्न आवश्यक छ ।’

मन्त्री महतले विगतमा ब्याजदर घटेका बेला विचार गरेर लगानी नगरेका कारण अहिलेको परिस्थिति आएको बताए । त्यसकारण पनि यसअघि भएको लगानीअनुसार प्रतिफल प्राप्त नभएको उनको तर्क छ ।

‘नेपाल राष्ट्र बैंकले माइक्रो लेबलमा यो गर, त्यो गर, यहाँ योभन्दा बढी गर्न पाउँदैनौं भन्दा पुँजीको मोबिलिटी हुन पाएको छैन, म यो क्षेत्रको सट्टा यहाँ गर्छु भन्न नसक्ने स्थिति छ,’ उनले भने, ‘राष्ट्र बैंकले ल्याएको पछिल्लो निर्देशिकाले केही सहज गरे पनि अन्य केही कुरा थपिएर आएका छन्, त्यसले निजी क्षेत्र हच्किएको छ ।’

810
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?