जोडिनुहोस
शनिबार, साउन ९, २०८३
शनिबार, साउन ९, २०८३
  • होमपेज
  • वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम गरि ग्लोबल मनी विक मनाउन राष्ट्र बैंकको निर्देशन

वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम गरि ग्लोबल मनी विक मनाउन राष्ट्र बैंकको निर्देशन

नेपाल राष्ट्र बैंकले इजाजतपत्रप्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुलाई ‘ग्लोबल मनी विक’ मनाउन आग्रह गरेको छ। राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले राष्ट्र बैंक कै समन्वयमा २०७९ चैत ६ देखि १२ गतेसम्म ‘ग्लोबल मनी विक’ मनाउन आग्रह गरेको हो ।

राष्ट्र बैंकले सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुलाई युवा लक्षित वित्तीय साक्षरता सम्बन्धी विशेष कार्यक्रमहरु आयोजना गरी सम्पन्न भएका कार्यक्रमहरुको फोटो सहितको विवरण राष्ट्र बैंकको वित्तीय साक्षरता इकाईमा पठाउन अनुरोध गरेको छ ।

अर्गनाइजेसन फर इकोनोमिक कोअपरेसन एण्ड डेभलपमेन्ट (ओईसीडि) को आह्वानमा विश्वभर ग्लोबल मनी विक मनाइने गरेको छ  ।

3610
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?