जोडिनुहोस
बुधबार, साउन ६, २०८३
बुधबार, साउन ६, २०८३
  • होमपेज
  • डिशहोम फाइबरनेटको प्रयोगकर्ता तीन लाख नाघ्यो

डिशहोम फाइबरनेटको प्रयोगकर्ता तीन लाख नाघ्यो

डिशहोम प्रालिको फाइबर नेट प्रयोगकर्ता ग्राहकको संख्या तीन लाख नाघेको छ। फाइबर नेटवर्क मार्फत् सस्तो इन्टरनेट सेवा उपलब्ध गराइरहेको आइएमई समूह अन्तर्गतको यो इन्टरनेट सेवा प्रदायकले सेवाप्रति विश्वास र कम्पनी प्रति वफादारीताका लागि आफ्नो ग्राहक वर्गमा कृतज्ञता व्यक्त गरेको छ।

गत चैत्र मसान्तसम्ममा डिश मिडिया नेटवर्क प्रालिको। फाइबर नेटवर्क इन्टरनेट ग्राहक संख्या २ लाख ४० हजार ६६८ रहेको थियो। नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको गत आव २०७९/८० चैत्र मसान्तसम्ममा डिश मिडिया नेटवर्कको बजार हिस्सा ९.२ प्रतिशत रहेको थियो।

आउँदो समयमा ग्राहक संख्या विस्तार संगै अझै धेरै भरपर्दो सेवाको निरन्तरता प्रदान गर्ने डिशहोमले प्रण गरेको छ ।

4290
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका