जोडिनुहोस
शुक्रबार, मंसिर ७, २०८१
शुक्रबार, मंसिर ७, २०८१
  • होमपेज
  • यी हुन् महासंघमा चन्द्र ढकालका सारथीहरू

यी हुन् महासंघमा चन्द्र ढकालका सारथीहरू

उद्योगी व्यवसायीहरूको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको बुधबार भएको निर्वाचनको मत परिणाम सार्वजनिक भइसकेको छ । तर, वरिष्ठ उपाध्यक्षमा अन्जन श्रेष्ठ सर्बसहमति निर्वाचित भएका छन् ।

वरिष्ठ उपाध्यक्षका उम्मेदवारहरूले ५० प्रतिशत मत भार कटाउन नसकेपछि सो पदका लागि पुनः मतदान हुनु पर्ने थियो तर उमेशलाल श्रेष्ठले समर्थन जनाएपछि उनी निर्वाचित भएका हुन् । वरिष्ठ उपाध्यक्षको दौडबाट रामचन्द्र संघई भने पहिलो चरणबाट नै  बाहिरिएका थिए ।

सार्वजनिक मत परिणाममा अनुसार तीन उपाध्यक्षतर्फ वस्तुगत उपाध्यक्षमा उमेशलाल समूहका हेमराज ढकाल विजयी भएका छन् । यसका साथै जिल्ला नगरमा संघई समूहका सुरकृष्ण वैद्य र एसोसिएटमा ज्योत्सना श्रेष्ठ विजयी भएका छन् ।

एशोसिएट तर्फका निर्वाचितहरू

नेपाल उद्योग वाणिज्य महासंघ एशोसिएट तर्फको निर्वाचनका लागि २९ जनाको उम्मेदवारी परेको थियो । जसमा १९ जना निर्वाचित भएका छन् । निर्वाचित हुनेमा अम्बिका प्रसाद पौडेल, डा.राम शरण थपलिया, मनोज पौडेल, आनन्द कुमार बगेरिया, सुशील थापा, सुनिल नारायण श्रेष्ठ र शैलेन्द्र गुरागाईँ रहेका छन् ।

त्यस्तै, राजेश कुमार अग्रवाल, हेमन्त गोल्छा, देशबन्धु बस्नेत, अविनाश बोहरा, गोपाल खनाल, उज्ज्वल कुमार श्रेष्ठ, प्रबल जङ पाण्डे, जुना माथेमा, शक्ति कुमार बेगानी, सन्दीप कुमार अग्रवाल, ऋषि अग्रवाल र मुकुन्द प्रसाद तिम्सिना निर्वाचित भएका  छन् ।

बस्तुगततर्फ निर्वाचितहरू

नेपाल उद्योग वाणिज्य महासङ्घको बस्तुगत तर्फ १४ जना निर्वाचित भएका छन् । जसमा कमला श्रेष्ठ, डा. सुबोध कुमार गुप्ता, नानीराज घिमिरे, नरेशलाल श्रेष्ठ, पशुपतिदेव पाण्डे, भक्तबहादुर हमाल, लिलेन्द्रप्रसाद प्रधान, हरिबहादुर कार्की र अरनिको राज भण्डारी रहका छन् । त्यस्तै, मनोज अधिकारी, रविन पुरी, राजकुमार कार्की, शिवप्रसाद घिमिरे र शोभा ज्ञवाली पनि निर्वाचित भएका छन् ।

जिल्ला नगरतर्फ

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को जिल्ला नगर कार्यसमिति सदस्यहरूको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । निर्वाचनबाट १८ जना जिल्ला नगर कार्यकारिणी सदस्य निर्वाचित भएका छन् ।

जसमा मोहन प्रसाद श्रेष्ठ, प्रयास कार्की, अमरेश चन्द्र बैदार, ताराबहादुर कार्की, नवीन रिजाल, उमेश डालमिया, वेदबहादुर श्रेष्ठ, उज्ज्वल प्रसाद कसजु, अब्दुल वाहिद, मन्सुर र कल्पना गैरे रहेका छन् ।साथै, किशोर कुमार आचार्य, केशव प्रसाद भण्डारी, कृष्ण कुटवाल र पुष्पराज कुँवर पनि निर्वाचित भएका छन् । त्यस्तै, अनिलकृष्ण श्रेष्ठ, गोकुल श्रेष्ठ, निरक केसी र लक्ष्मण राज पौडेल पनि निर्वाचित भएका छन् ।

1485
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका