जोडिनुहोस
आइतवार, माघ १९, २०८२
आइतवार, माघ १९, २०८२
  • होमपेज
  • नबिल इन्भेस्टमेन्ट बैंकिङले युनाइटेड अजोड इन्स्योरेन्सको सेयर रजिस्ट्रारको काम गर्ने

नबिल इन्भेस्टमेन्ट बैंकिङले युनाइटेड अजोड इन्स्योरेन्सको सेयर रजिस्ट्रारको काम गर्ने

नबिल इन्भेस्टमेन्ट बैंकिङले युनाइटेड अजोड इन्स्योरेन्सको सेयर रजिस्ट्रारको कार्य गर्ने भएको छ।

दुवै कम्पनीबीच सेयर रजिस्ट्रारसम्बन्धी सम्झौता भएको छ। युनाइटेड इन्स्योरेन्स कम्पनी र अजोड इन्स्योरेन्स कम्पनीले गत जेठ १४ गते आइतबारबाट युनाइटेड अजोड इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार शुभारम्भ गरेका थिए।

यससँगै अब कम्पनीको धितोपत्र कारोबारसम्बन्धी अभिलेख, सेयर दाखिल खारेज, नामसारी लगत अद्यावधिकलगायतका सम्पूर्ण कार्य नबिल इन्भेस्टमेन्ट बैंकिङको काठमाण्डौको नक्सालस्थित नारायणचौरमा रहेको कार्यालयबाट हुनेछ।
2685
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?