जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • नेपाल मसलन्द तथा शैक्षिक उद्योग संघको अध्यक्षमा पराजुली

नेपाल मसलन्द तथा शैक्षिक उद्योग संघको अध्यक्षमा पराजुली

देशभरका मसलन्द तथा शैक्षिक उद्योगी व्यवशायीहरुको छाता संगठन नेपाल मसलन्द तथा शैक्षिक उद्योग संघको १९ औं बार्षिक साधारण सभा तथा प्रथम राष्ट्रिय सम्मेलनले रामेश्वर पराजुलीको अध्यक्षतामा २१ सदस्यीय केन्द्रिय कार्य समिती चयन गरेको छ ।

संघले बरिष्ठ उपाध्यक्षमा हरि प्रसाद भण्डारी प्रथम र द्धितिय उपाध्यक्षहरुमा क्रमशः मुकुन्द प्रसाद अधिकारी, निमनाथ फुयाल, महासचिवमा रामकुमार रायमाझी, उप–महासचिव बिजेन्द्र बिक्रम शाह, सचिब देब प्रसाद कार्की, कोषाध्याक्ष्य राजेन्द्र तामाङ्ग, सहकोषाध्यक्ष्य टुक नारायण अर्याल रहनु भएको छ भने, सदस्यहरुमा गंगा बहादुर अधिकारी, रंजित अग्रवाल, लक्ष्मण न्यौपाने, रुद्र सुवेदी, कृष्ण प्रसाद पोखरेल, सुरेश कुमार भट्टराई, प्रदेश नं. १ बाट गोपाल खेताङ्ग, २ बाट प्रकाश श्रेष्ठ, ३ बाट शिवराज लामिछाने र कृष्णराज ढुङगाना, ४ बाट मेख बहादुर अधिकारी, प्रदेश नं. ५ र एसोसिएटमा गोपाल प्रसाद गैरे रहनु भएको उद्योग संघले जनाएको छ । संघको पदेन सदस्यमा निर्वतमान अध्यक्ष सुनिल गोपाल श्रेष्ठ रहेका छन् ।

हाल देश भरका ३५० साना तथा ठुला उद्योगहरु यस संघमा आबद्ध रहेका छन् । संघको १९ औं बार्षिक साधारण सभाको उद्घाटन श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रि गोकर्ण बिष्टले गर्नु भएको थियो । भने कार्यक्रममा नेपाल उद्योग बाणिज्य उपाध्यक्ष उमेशलाल श्रेष्ठ, महासंघ प्रदेश नं.३ का अध्यक्ष दिनेश श्रेष्ठ लगायतले आफ्ना धारण राख्नु भएको थियो ।

10430
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?