जोडिनुहोस
शुक्रबार, साउन ८, २०८३
शुक्रबार, साउन ८, २०८३
  • होमपेज
  • कामना सेवा विकास बैंकद्वारा दिव्य ज्योति बहुमुखी क्याम्पसलाई एसी हस्तान्तरण

कामना सेवा विकास बैंकद्वारा दिव्य ज्योति बहुमुखी क्याम्पसलाई एसी हस्तान्तरण

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नवलपरासीको बर्दघाटस्थित त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त दिव्य ज्योति बहुमुखी क्याम्पसलाई आइतबार २ थान एयर कन्डिस्नर (एसी) हस्तान्तरण गरेको छ।

उक्त एसी सामुदाहिक विकास र शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान पुगोस् भन्ने उद्देश्यका साथ प्रदान गरिएको बैंकले जनाएको छ।

बैंकका सञ्चालक भीमप्रसाद तुलाचनले दिव्य ज्योति बहुमुखी क्याम्पसका अध्यक्ष पुन्यप्रसाद पौडेललाई उक्त एसी हस्तान्तरण गरेका थिए।

कार्यक्रममा क्याम्पस प्रमुख सागरमणि पाण्डे, बैंकका बुटवल क्षेत्रका क्षेत्रीय प्रबन्धक खिमलाल भुसाल तथा अन्य कर्मचारी र विद्यार्थीको उपस्थिति थियो।

बैंकले आगामी दिनमा समेत सरोकारवालाको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका सामाजिक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

3395
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका