जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • नेको इन्स्योरेन्सले पुँजी वृद्धि गर्दै, ५० करोड रुपैयाँ हकप्रदबाट उठाउन डाक्यो साधारण सभा

नेको इन्स्योरेन्सले पुँजी वृद्धि गर्दै, ५० करोड रुपैयाँ हकप्रदबाट उठाउन डाक्यो साधारण सभा

नेको इन्स्योरेन्सले २५ प्रतिशत हकप्रद निष्कासन गर्ने भएको छ। कम्पनीले हकप्रदको प्रस्ताव अनुमोदन गराउन विशेष साधारण सभा पनि डाकेको हो।

हाल इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब १ करोड रुपैयाँ छ। यसको २५ प्रतिशत हकप्रद जारी गर्ने कम्पनीको योजना हो। जस लगत्तै चुक्ता पुँजी ५० करोड रुपैयाँले वृद्धि हुनेछ।

सेयरधनीहरुले भने एक कित्ता बराबर ०.२५ कित्ता हकप्रदमा आवेदन दिन मिल्नेछ।

बीमा प्राधिकरणको नयाँ व्यवस्था अनुसार निर्जीवन बीमा कम्पनीको चुक्ता पुँजी साढे २ अर्ब हुनुपर्ने हुन्छ। त्यसैका लागि इन्स्योरेन्सले हकप्रद जारी गर्न लागेको हो।

साधारण सभा असोज १९ गते हुने कम्पनीले जनाएको छ।

2830
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?