जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • लक्ष्मी सनराइज बैंकको साढे १६ करोडको संस्थापक सेयर किनबेच

लक्ष्मी सनराइज बैंकको साढे १६ करोडको संस्थापक सेयर किनबेच

सेयर बजार दोहोरो अंकले घट्दा बिहीबार लक्ष्मी सनराइज बैंकको करिब साढे १६ करोडको संस्थापक सेयर किनबेच भएको छ।

फ्लोरसीटमा बैंकको ८ लाख १९ हजारका दरले दुई पटक सेयर कारोबार भएको देखिन्छ। कुल १६ लाख ३८ हजार कित्ता कारोबार भयो। सेयर १०० रुपैयाँकै दरमा खरिद बिक्री भएको छ।

विहीबार एक अर्ब ७० करोडको सेयर कारोबार भयो। जसमध्ये सबैभन्दा बढी वाणिज्य बैंकको कारोबार भयो। नेपाल इन्भेष्टमेन्ट मेगाको ५ करोड, नेपाल एसबीआईको ४ करोड १९ लाख र सिद्धार्थ बैंकको ३ करोड ९० लाखको सेयर किनबेच भयो। तर सेयर मूल्य भने सबैको घटेको छ।

राष्ट्र बैंकको पछिल्लो निर्देशनको एक सातामै नेप्सेले ९० अंक गुमाएको छ। बिहीबार थप २० अंकले सूचक घटेको हो। नेप्से १८७४ को विन्दुमा कायम छ।

होटल तथा पर्यटन क्षेत्र अन्तर्गतको सेयर भारी दरमा घटे। सिटी होटल ९ प्रतिशतभन्दा बढीको दरले ओर्लियो। यो उपसमूह ३ प्रतिशत घटेको छ। जुन सबैभन्दा धेरै हो। त्यसपछि हाइड्रो समूह १.५९ प्रतिशत घट्यो।

हाथवेको सेयर मूल्यमा आजपनि सर्किट लागेको छ। ५० रुपैयाँको आइपीओ दोस्रो दिनको कारोबार मै ३४५ रुपैयाँ पुगेको छ।

4485
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका