जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • न्युजिल्यान्ड बन्यो विश्वकप क्रिकेटको सेमिफाइनलमा पुग्ने पहिलो टोली

न्युजिल्यान्ड बन्यो विश्वकप क्रिकेटको सेमिफाइनलमा पुग्ने पहिलो टोली

न्युजिल्यान्ड टि २० क्रिकेट विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा आयरल्याण्डलाई ३५ रनले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो । न्युजिल्यान्डको रनरेट अन्य टिमको भन्दा राम्रो भएकोले अन्य टिमको नतिजा जे भएपनि न्युजिल्यान्डले सेमिफाइनलमा स्थान पक्का गरेको हो ।

टस हारेर पहिले ब्याटिंग गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १८५ रन बनाएको थियो । १८६ रनको लक्ष्य लिएर मैदान उत्रेको आयरल्याण्ड २० ओभरमा ९ विकेटको क्षतिमा १५० रन मात्र बनाउन सक्यो ।

ग्रुप १ मा रहेको न्युजिल्यान्ड ५ खेलबाट ७ अंक सहित सेमिफाइनलमा प्रवेश गरेको हो । यस समुहबाट इंग्ल्यान्ड, अष्ट्रेलिया र श्रीलंकाको सेमिफाइनलमा पुग्ने सम्भावना कायम नै छ। आज अष्ट्रेलिया र अफगानिस्तानबीच पनि खेल हुदै छ । अष्ट्रेलियाको रनरेट कम भएकोले अष्ट्रेलियाले सेमिफाइनलमा स्थान बनाउनको लागि फराकिलो जित हात पार्नु आवश्यक छ । त्यस्तै भोली श्रीलंका र इंग्ल्यान्ड भिड्ने छन् । इंग्ल्यान्ड र अष्ट्रेलियाले आफ्नो अन्तिम खेल जितेमा सेमिफाइनलमा पुग्ने अर्को टोली नेट रनरेटको आधारमा निर्धारण हुने छ ।

त्यस्तै अर्को समुहबाट भारत, साउथ अफ्रिका, पाकिस्तान र बंगलादेशको सेमिफाइनलमा पुग्ने सम्भावना कायम नै छ ।

1530
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका