जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • सिद्धार्थ बैंक र ३६० ट्रान्सपोर्ट सोलुसन्सबीच सम्झौता

सिद्धार्थ बैंक र ३६० ट्रान्सपोर्ट सोलुसन्सबीच सम्झौता

सिद्धार्थ बैंक र ३६० ट्रान्सपोर्ट सोलुसन्सबीच  व्यावसायिक सम्झौता भएको छ । बैंकले सार्वजनिक यातायातको साधनमा अन्तर्राष्ट्रिय स्तरको डिजिटल भुक्तानी गर्ने उद्देश्यका साथ उक्त सम्झौता गरेको हो ।

सिद्धार्थ बैंकका तर्फबाट सहायक महाप्रबन्धक सुरेश राज महर्जन र ३६० ट्रान्सपोर्ट सोलुसन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत खुशल रेग्मीले हस्ताक्षर गरेका थिए ।

यस सम्झौता पश्चात् ३६० ट्रान्सपोर्ट सोलुसन्स् अन्तर्गत सञ्चालनमा रहेको यातायातको साधनमा निकट भविष्यमा बैंकको पीओएस मेसिन जडान गरिने र यात्रुहरुले स्मार्ट प्रिपेड कार्ड प्रयोग गरि पीओएस मार्फत आफ्नो बस भाडा भुक्तानी गर्न सक्नेछन् । प्रयोग गरिने स्मार्ट प्रिपेड कार्ड सार्वजनिक यातायात तथा बैंकका शाखाहरुबाट खरिद र लोड गर्न सकिनेछ ।

9730
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका