जोडिनुहोस
बिहिबार, माघ २३, २०८२
बिहिबार, माघ २३, २०८२
  • होमपेज
  • सिद्धार्थ बैंकको साधारण सभाले पारित गर्‍यो लाभांश प्रस्ताव, सेयरधनीलाई ५९ करोड ३१ लाख

सिद्धार्थ बैंकको साधारण सभाले पारित गर्‍यो लाभांश प्रस्ताव, सेयरधनीलाई ५९ करोड ३१ लाख

सिद्धार्थ बैंकको साधारण सभाले लाभांश प्रस्ताव पारित गरेको छ। बैंकको मंगलबार भएको २२औं वार्षिक साधारण सभाले लाभांश प्रस्ताव पारित गरेको हो।

बैंक सञ्चालक समितिका अध्यक्ष मनोजकुमार केडियाको अध्यक्षतामा भएको साधारण सभाले पारित गरेको प्रस्तावअनुसार सेयरधनीले ५९ करोड ३१ लाख ८८ हजार १६६ रुपैयाँ पाउनेछन्।

बैंकले चुक्ता पुँजीको ४.२१ प्रतिशत नगद लाभांश पारित गरेको हो। बैंकको चुक्ता पुँजी हाल १४ अर्ब ८ करोड ९९ लाख ८० हजार रुपैयाँ छ।

3290
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका