जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • डिजेल-पेट्रोल महंगियो, खाना पकाउने ग्यासको मूल्य घट्यो

डिजेल-पेट्रोल महंगियो, खाना पकाउने ग्यासको मूल्य घट्यो

नेपाल आयल निगमले ग्यासको मूल्य प्रति सिलिन्डर २५ रुपैयाँ घटाएको छ। घटेको मूल्य अनुसार अब ग्याँसको सिलिन्डरको मूल्य १ हजार ३७५ रुपैयाँ कायम भएको छ।

तर निगमले पेट्रोल र डिजेलको मूल्य भने वृद्धि गरेको छ। मंगलबार राती १२ बजेबाट लागू हुने गरी पेट्रोलमा १ रुपैयाँ तथा डिजेलमा ५० पैसा मूल्य बढाएको छ।

एलपी ग्यासको मूल्य भने प्रतिसिलिन्डर २५ रुपैयाँले घटेको छ । अब पेट्रोलको मूल्य प्रतिलिटर १०९ रुपैयाँ पुगेको छ भने डिजेल र मटितेलको ९७ रुपैयाँ भएको छ । मूल्य घटेपछि एक सिलिन्डर ग्यासको लागि १ हजार ३७५ रुपैयाँ तिर्नुपर्ने छ ।

निगमले गत वर्ष ग्यासमा करिब ६ अर्व नोक्सानी व्यहोरेको थियो । ‘यसैको कारणले हालसम्म स्वचालित मूल्य प्रणाली अनुसार मूल्य समायोजन हुन सक्ने अवस्था आएको थिएन,’ निगमका प्रवक्ता वीरेन्द्र गोइतले भने,’ मूल्य समायोजन गरेपछि पनि वीरगञ्ज नाकामा नेपालतर्फको मूल्य रक्सौलको मूल्यको तुलनामा पेट्रोल र डिजलमा प्रतिलिटर क्रमशः १४.३७ र १५.४७ रुपैयाँ सस्तो हुने अवस्था रहन्छ ।’

16760
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो कि?