जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • ऋण र ब्याज नतिरेर अराजकता फैलाउनेलाई छुट दिन सकिँदैनः प्रधानमन्त्री

ऋण र ब्याज नतिरेर अराजकता फैलाउनेलाई छुट दिन सकिँदैनः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ऋण र ब्याज तिर्न पर्दैन भनेर अराजकता सिर्जना गर्न खोज्ने अराजकतालाई छुट दिन नसकिने बताएका छन्। अर्थतन्त्रको संकटबारे निजी क्षेत्रसँग मंगलबार भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले यस्तो भनाइ राखेका हुन्।

प्रधानमन्त्रीले अर्थतन्त्र दबाबमा रहेको बताउँदै सरकार, राजनीतिक दल र निजी क्षेत्र मिलेर सामना नगर्ने हो भने संकट गहिरिनसक्ने भनाई पनि राखे। एक प्रसंगमा प्रचण्डले सहकारी, लघुवित्त र बैंकको ब्याजका साथै व्यवसायीले कर्जा नपाउने समस्या रहेको समेत बताए।

संकट समाधानका लागि उपाय खोज्नुपर्ने बताउँदै प्रधानमन्त्री प्रचण्डले भने, ‘ऋण र ब्याज तिर्न पर्दैन भनेर अराजकता सिजना गर्न खोजेका छन्। त्यस्तो अराजकतालाई छुट दिन सकिँदैन।’

प्रधानमन्त्रीले एकथरी मान्छेले राजनीतिक लाभ उठाउने कोसिस गरिरहेको भनाई पनि राखेका थिए। उनले भने, ‘अहिले समाजमा अराजकता फैलाउने कोशिस भइरहेको छ, आजको यो बैठकबाट बाहिरको भ्रम चिर्न र सरकार र दलहरु, जो संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा छन्, उनीहरु समस्या समाधान गर्न एकठाउँमा छन् भन्ने सन्देश दिन सक्नुपर्छ।’

1050
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका