जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • जापान मनी एक्सप्रेस र मनिग्राम इन्टरनेस्‍नल आइएनसीबीच सम्झौता

जापान मनी एक्सप्रेस र मनिग्राम इन्टरनेस्‍नल आइएनसीबीच सम्झौता

जापान मनी एक्सप्रेस र मनिग्राम इन्टरनेस्‍नल आइएनसीबीच सम्झौता भएको छ। यी दुई कम्पनीबीच विश्वका विभिन्न देशमा रहेका व्यक्तिलाई अन्तर्देशीय रेमिटेन्स सञ्जालमा जोड्ने सम्झौता भएको हो।

जेएमई मोबाइल एप रजिष्टर गरी सो एपबाट आफूले चाहेको जनसुकै देशमा चौबिसै घण्टा र सातै दिन पैसा पठाउन सकिन्छ। एपमा प्वाइन्टस प्रयोग गरी सेवा शुल्क घटाउन सकिने व्यवस्था थप गरिएको कम्पनीले जनाएको छ।

जापान मनि एक्सप्रेस कम्पनी जापानमा रहेका नेपालीले सञ्चालन गर्दै आएको पहिलो रेमिटेन्स कम्पनी हो। जसले १४ वर्षदेखि जापानबाट विश्वका विभिन्न देशमा पैसा पठाउन सहजता प्रदान गर्दै आएको छ।

कम्पनीले मनिग्राम इन्टरनेस्‍नल आइएनसी लगायत विश्वका ११ अन्तर्राष्ट्रिय साझेदार बैंक तथा रेमिटेन्स कम्पनीसँग मिलेर काम गर्दै आएको छ।

4280
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका