जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • ४ ओटा कम्पनीको १ करोड १६ लाख कित्ता हकप्रद शेयर निष्कासन गर्ने तयारी, कुन-कुनको आउँदैछ ?

४ ओटा कम्पनीको १ करोड १६ लाख कित्ता हकप्रद शेयर निष्कासन गर्ने तयारी, कुन-कुनको आउँदैछ ?

चार ओटा कम्पनीले १ करोड १६ लाख १ हजार ९६० दशमलव ६७ कित्ता हकप्रद शेयर निष्कासन गर्ने तयारी गरेका छन् ।

चार ओटौ कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएसँगै हकप्रद शेयर निष्कासन गर्ने तयारीमा जुटेका हुन् । छ्याङ्दी हाइड्रोपावर, शिखर इन्स्योरेन्स कम्पनी, एक्सेल डेभलपमेण्ट बैंक र कर्पोरेट डेभलपमेण्ट बैंकले हकप्रद शेयर निष्कासन गर्न सेबोनमा निवेदन दिएका हुन् ।

चार ओटा कम्पनीमध्ये सबैभन्दा बढी शिखर इन्स्योरेन्स कम्पनीले ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद शेयर निष्कासन गर्नका लागि जेठ २५ गते बोर्डमा निवेदन दिएको हो । कम्पनीले आव २०७६/७७ को २७ दशमलव ७६ प्रतिशत बोनस शेयर वितरण कायम चुक्तापूँजीको ३० प्रतिशत हकप्रद शेयर निष्कासन गर्न लागेको हो । कम्पनीले हकप्रद शेयर निष्कासन गर्नका लागि इक्रा नेपालमा रेटिङ गराएको छ ।

इक्रा नेपालले इक्रा एपीआर ए रेटिङ प्रदान गरेको छ । यस्तो रेटिङले कमपनीले समयमा आफ्ना दायित्तव पूरा गर्न सक्ने जनाउँछ । कम्पनीले उक्त रेटिङ के्रडिट रिस्क कम रहेको उल्लेख गरेको छ । उक्त हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव साधारण सभाबाट पारित गरिसेकको छ । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ७५ करोड रहेको छ । ३० प्रतिशत हकप्रद शेयर निष्कासन पछि कम्पनीको पूँजी रू. २ अर्ब २८ करोड पुग्नेछ ।

त्यसैगरी, कर्पोरेट डेभलपमेण्ट बैंकले १५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्न सेबोनमा २०७७ पुस २६ गते निवेदन दिएको हो । समस्याग्रस्त संस्थाबाट मुक्त भएको यस कम्पनीले नेपाल राष्ट्र बैंकले तोके अनुसार न्यूनतम चुक्तापूँजी कायम गर्नका लागि हकप्रद शेयर निष्कासन गर्न लागेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. ४१ करोड रहेको छ । उक्त हकप्रद शेयर निष्कासन बाँडफाँट पछि कम्पनीको पूँजी रू. ७१ करोड पुग्नेछ ।

त्यसैगरी, एक्सेल डेभलपमेण्ट बैंकले हाल कायम रहेको चुक्तापूँजीको ३० प्रतिशत हकप्रद शेयर निष्कासन गर्न बोर्डमा जेठ २७ गते निवेदन दिएको छ । हाल कम्पनीको चुक्तापूँजी रू. ८१ करोड ११ लाख २१ हजार रहेको छ । उक्त हकप्रद शेयर निष्कासन पछि पूँजी रू. १ अर्ब ५ करोड ४४ लाखभन्दा बढी पुग्नेछ ।

छ्याङदी हाइड्रोपावर कम्पनीले गत आवको मुनाफाबाट वितरण गरेको ५ प्रतिशत बोनस शेयर वितरणपछि कायम हुने चुक्तापूँजीको ३० प्रतिशत हकप्रद शेयर निष्कासन गर्न वैशाख १५ गते बोर्डमा निवेदन दिएको हो । ५ प्रतिशत बोनस शेयर वितरणपछि कम्पनीको चुक्तापूँजी रू. २९ करोड ७६ लाख ७५ हजार पुग्नेछ ।

यही पूँजीको आधारमा उक्त हकप्रद शेयर निष्कासन गर्नेछ । ३० प्रतिशत हकप्रद शेयर निष्कासन बाँडफाँट पछि कम्पनीको चुक्तापूँजी रू. ३८ करोड ६९ लाख ७७ हजार पुग्नेछ । यी चारओटै कम्पनीले बोर्डबाट स्वीकृति पाएपछि मात्र हकप्रद शेयर निष्कासन गर्नेछन् ।

6695
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?