जोडिनुहोस
आइतवार, चैत्र २३, २०८१
आइतवार, चैत्र २३, २०८१
  • होमपेज
  • निप्स पोखरा च्याप्टरको आयोजनामा भूकम्प सम्बन्धी सचेतना तथा प्रभातफेरी कार्यक्रम सम्पन्न

निप्स पोखरा च्याप्टरको आयोजनामा भूकम्प सम्बन्धी सचेतना तथा प्रभातफेरी कार्यक्रम सम्पन्न

नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाइटी (निप्स) पोखरा च्याप्टरको आयोजनामा भूकम्प सम्बन्धी सचेतना तथा प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ ।पोखरास्थित जीवन तथा निर्जीवन बीमासँग सम्बन्धित इन्स्योरेन्स कम्पनीहरुको सहभागितामा पोखरामा र्याली आयोजना गरिएको हो ।

पोखराको मानवअधिकार चोकबाट सुरु भएको र्याली चिप्लेढुंगा, न्युरोडहुँदै सभागृहमा पुगेर कोण सभामा परिणत भएको हो । नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेशका निमित्त प्रदेश सुन्दर शर्मा मरासिनीको प्रमुख आतिथ्यतामा तथा निप्स पोखरा च्याप्टरको अध्यक्ष बद्रीनाथ पौडेलकोे अध्यक्षतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा निप्सका पूर्व अध्यक्ष कविराज पौडेल, नेपाल सर्भेयर एसोसिएसन गण्डकीका निबर्तमान अध्यक्ष सुरेन्द्रबहादुर गोदार, निप्स पोखरा च्याप्टरका सचिव छबिलाल पौडेल, कार्यक्रम संयोजक ढंक दाहाल लगायतले बोलेका थिए । र्यालीमा सहभागीहरुले बीमा सम्बन्धी ब्यानर तथा प्लेकार्ड बोकेका थिए ।

1580
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका