जोडिनुहोस
बुधबार, फाल्गुन १३, २०८२
बुधबार, फाल्गुन १३, २०८२
  • होमपेज
  • सन नेपाल लाइफ इन्स्योरेन्सद्धारा घातक रोग वापतको बीमा दावी भुक्तानी

सन नेपाल लाइफ इन्स्योरेन्सद्धारा घातक रोग वापतको बीमा दावी भुक्तानी

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले घातक रोग वापतको दावी भुक्तानी दिएको छ । रम्भा गाउँपालिका–०१, पाल्पा निवासी नारायण अधिकारीले वैदेशिक रोजगारीका लागि कतार जाने समयमा कम्पनीमा वैदेशिक रोजगार म्यादी जीवन बीमा गरेका थिए ।

बीमित अधिकारीको वैदेशिक रोजगारीकै क्रममा मुटु सम्वन्धी समस्या देखिएपछि उपचार गराएको प्रमाण सहित सोको दावी कम्पनीमा गरेपछि सन नेपाल लाइफबाट घातक रोग दावी वापत रु ५ लाख भुक्तानी गरेको हो ।

घातक रोग दावी भुक्तानी वापतको चेक रामपुर नगरपालिकाका मेयर रमण बहादुर थापा र कम्पनीका कलष्टर हेड सन्तोष कुवर क्षेत्रीले एक कार्यक्रमकाबीच हस्तान्तरण गरेका हुन् ।

कम्पनीका कलष्टर हेड सन्तोष कुँवर क्षेत्रीले वैदेशिक रोजगारीमा जाने सवैले अनिवार्य वैदेशिक रोजगार म्यादी जीवन बीमा गर्नुपर्ने बताए ।

2985
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका