जोडिनुहोस
शनिबार, साउन ९, २०८३
शनिबार, साउन ९, २०८३
  • होमपेज
  • कुनै व्यक्ति एकपटकमा एउटा मात्रै सहकारीको सञ्चालक हुनुपर्ने, बढीमा भए ३० दिनभित्र हट्न ताकेता

कुनै व्यक्ति एकपटकमा एउटा मात्रै सहकारीको सञ्चालक हुनुपर्ने, बढीमा भए ३० दिनभित्र हट्न ताकेता

सरकारले कुनै व्यक्ति एकै समयमा एउटा मात्रै सहकारी संस्थाको सञ्चालक हुन पाउने कानूनी व्यवस्था कडाईका साथ पालना गर्न निर्देशन दिएको छ।

सहकारी विभागले सहकारी ऐन, २०७४ को दफा (४१) को उपदफा (५) मा कुनै व्यक्ति एकै समयमा एक मात्र सहकारी संस्थाको सञ्चालक हुन सक्नेछ भन्ने व्यवस्था पूर्णरुपमा पालना गर्न सहकारी संस्थाहरुलाई परिपत्र गरेको हो।

‘यदि कुनै व्यक्ति दुई वा सोभन्दा बढी संस्थाको सञ्चालक रहेको भए यो निर्देशन जारी भएको ३० दिनभित्र एउटा संस्थाको मात्र संचालक पद कायम राखी अन्यको हकमा त्याग गर्नुपर्नेछ। अन्यथा कानून बमोजिम कारवाही प्रक्रिया अगाडी बढाइनेछ,’ विभागको पत्रमा उल्लेख छ।

3170
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका