जोडिनुहोस
बुधबार, बैशाख ५, २०८१
बुधबार, बैशाख ५, २०८१
  • होमपेज
  • अब बैंकवित्त पूर्ववत् अवस्थामै सञ्चालन, राष्ट्र बैंकले दियो यस्तो निर्देशन

अब बैंकवित्त पूर्ववत् अवस्थामै सञ्चालन, राष्ट्र बैंकले दियो यस्तो निर्देशन

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई जेठ १ गते पूर्वकै अवस्थामा कार्यालय सञ्चालन गर्न निर्देशन गरेको छ ।
मंगलबार एक सूचना जारी गर्दै राष्ट्र बैंकले यसअघिको शनिबार र आइतबार दुई दिन सार्वजनिक विदाको निर्णय परिवर्तन भई शनिबार मात्र कायम गरिएकाले पूर्ववत् अवस्थामा नै कार्यालय सञ्चालन गर्न इजाजतपत्र प्राप्त क, ख, ग र घ वर्गका वित्तीय संस्था र एक पूर्वाधार विकास बैंकलाई समेत निर्देशन जारी गरेको हो ।

सोही सूचनामार्फत बैंकले वैशाख २८ गते जारी गरिएको पत्र खारेज गर्दै आगामी असार १ गतेदेखि लागू हुने गरी बैंक तथा वित्तीय संस्थाहरुको कार्यालय खोल्ने समय पूर्ववत् नै कायम गरिएको समेत जानकारी दिएको छ । योसँगै भोलि बुधबारदेखि विहान १० देखि ४ बजेसम्म नै बैंक तथा वित्तीय संस्थाहरु खुल्ने भएका छन् ।

सरकारले गत जेठ १ गतेदेखि पेट्रोलियम पदार्थको खपत कम गर्ने भन्दै हप्तामा दुई दिन शनिबार र आइतबार सार्वजनिक विदा कार्यान्वयनमा ल्याएको थियो । तर सो कार्यको सर्वत्र विरोध भएसँगै सरकारले एक महिनापनि नपुग्दै आइतबारको सार्वजनिक विदाको निर्णय फिर्ता लिएको छ । अब असार १ गतेदेखि सातामा एक दिन शनिबार मात्र सार्वजनिक बिदा हुनेछ ।

3175
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका