जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • तुलसी सहकारीका अध्यक्षलाई जेलबाट ल्याएर संसदीय समितिले गर्‍यो सोधपुछ

तुलसी सहकारीका अध्यक्षलाई जेलबाट ल्याएर संसदीय समितिले गर्‍यो सोधपुछ

 सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले कारागारमा रहेका तुलसी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मासँग सोधपुछ गरेको छ ।

शनिबार सिंहदरबारमा बसेको बैठकमा समितिले नख्खु कारागारमा रहेका शर्मालाई बोलाएर सहकारीको रकम दुरुपयोगको विषयमा सोधपुछ गरेको सभापति सूर्यबहादुर थापाले जानकारी दिए ।

तुलसी सहकारी मार्फत वचतकर्ताको रकम हिनामिना गरेको आरोप लागेका शर्मा २० भदौ २०८० देखि कारागारमा छन् । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले दायर गरेको सहकारी ठगी मुद्दामा जिल्ला अदालत काठमाडौंको आदेशमा उनी कारागारमा छन् ।

तुलसी सहकारीविरुद्ध एक हजार १४५ जना वचतकर्ताले करिब ७८ करोड रुपैयाँ हिनामिना गरेको भन्दै प्रहरीमा उजुरी दिएका थिए ।

1945
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?