जोडिनुहोस
आइतवार, अशोज २०, २०८१
आइतवार, अशोज २०, २०८१
  • होमपेज
  • शेयर बजारमा छायो हरियाली, ५६ अंकले वृद्धि हुदाँ ६ अर्बको कारोबार

शेयर बजारमा छायो हरियाली, ५६ अंकले वृद्धि हुदाँ ६ अर्बको कारोबार

कारोबार साताको पहिलो दिन अर्थात आइतबार शेयर बजारमा हरियाली छाएको छ । आज नेप्से परिसूचक ५६.०९ अंकले बढेर २६५३.५८ को विन्दुमा कायम भएको छ ।

आइतबार शेयर बजारमा सूचीकृत ३०८ वटा कम्पनीको एक करोड ५० लाख ४६ हजार कित्ता शेयर खरिद–बिक्री भएर ६ अर्ब १३ करोड ८२ लाख रुपैयाँको कारोबार भएको छ ।

आइतबार साहश उर्जा लिमिटेडको सबैभन्दा बढी कारोबार भएको छ । कम्पनीको आज ६३ करोड ८३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

शेयर बजारका सबै उपसूचकहरुमा हरियाली छाएको छ । साथै न्यादी हाइड्रोपावर लिमिटेडको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

20
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका