जोडिनुहोस
शनिबार, चैत्र ११, २०७९
शनिबार, चैत्र ११, २०७९
  • होमपेज
  • विकास बैंकको संघ ‘डीबान’ मा नयाँ कार्यसमिति चयन, अध्यक्षमा सांग्रिलाका सीइओ श्रेष्ठ

विकास बैंकको संघ ‘डीबान’ मा नयाँ कार्यसमिति चयन, अध्यक्षमा सांग्रिलाका सीइओ श्रेष्ठ

सांग्रिला डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ डेभलपमेन्ट बैंकर्स एशोसिएसन (डिबान) को अध्यक्षमा निर्वाचित भएका छन्। एशोसियसनको आज २०७९ चैत ३ गते शुक्रबार चितवनमा सम्पन्न १७ औं वार्षिक साधारण सभाले श्रेष्ठलाई सर्वसम्मतले अध्यक्षमा निर्वाचित गरेको हो।

त्यस्तै डेभलपमेन्ट बैंकर्स एशोसिएसन (डिबान) को उपाध्यक्षमा महालक्ष्मी विकास बैंकका सीइओ बोधराज देबकोटा, सचिवमा सिन्धु विकास बैंकका सीइओ राम कुमार गिरि र कोषाध्यक्षमा लुम्बिनी विकास बैंकका सीइओ नरेश सिंह बोहरा निर्वाचित भएका छन्।

त्यस्तै सदस्यहरुमा साइन रेसुंगा डेभलपमेण्ट बैंकक सीईओ प्रकाश पौडेल, ज्योति विकास बैंकका सीइओं श्रीचन्द्र भट्ट र एक्सल डेभलपमेण्ट बैंकका सीइओं डा. इन्द्र कट्टेल निर्वाचित भएका छन्। आफुलाई सर्वसम्मतले अध्यक्षमा निर्वाचित गरेकोमा सबैलाई धन्यबाद व्यक्ति गर्दै नवनिर्वाचित अध्यक्ष श्रेष्ठले बिकास बैंकहरुको हक र हितका लागि कार्य गर्न लागि पर्ने प्रतिबद्धता जनाएका छन्।

“आजका बिकास बैंकहरु व्यसायका दृष्टिकोणबाट हिजोका बाणिज्य बैंकहरु जस्तै हुन् । ९० वटा बिकास बैंक घटेर १७ मा आइपुग्दा पनि बजार हिस्साका हिसाबले पहिले जति नै कायम राख्नु सक्नु आजका बिकास बैंकहरुको उपलब्धि हो । त्यसैले अझ राम्रो गर्नका लागि संगै सहकार्य गर्नुपर्छ” श्रेष्ठले भने।

यस अघि मुक्तिनाथ विकास बैंकका सीइओ प्रद्युमन पोखरेल संघको अध्यक्ष थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका