जोडिनुहोस
शुक्रबार, मंसिर ७, २०८१
शुक्रबार, मंसिर ७, २०८१

भीआईपीहरूको भाइटीका

तिहारको अन्तिम दिन आइतबार देशका भीआईपीहरूले पनि भाइटीका लगाएका छन्। दिदीबहिनीले आफ्ना दाजुभाइको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै परम्पराअनुसार सप्तरंगी वा पञ्चरंगी टीका लगाएर भाइटीका मनाउने गरिन्छ। यमपञ्चकको अन्तिम दिन आज दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई टीका लगाउने प्रचलन छ । नेपाल पञ्चाङ्ग विकास निर्णायक समितिले आज भाइटीकाको उत्तम साइत ११ बजेर ३७ मिनेटमा रहेको जनाएको थियो । यद्यपि समितिले दिनभर नै टीका लगाउन सकिने पनि जनाएको छ ।राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाबाट ११ बजेर ३७ मिनेटको शुभसाइतमा विधिपूर्वक तिहारको टीका लगाएका छन् । राष्ट्रपति पौडेललाई उनीहरूले राष्ट्रपति भवनमा टीका लगाइदिएका हुन् । उनीहरूले स्नेहपूर्वक राष्ट्रपतिलाई ओखर,बदामसहितका सौगात प्रदान गर्नुभयो भने राष्ट्रपतिले पनि बहिनीहरूलाई आत्मीयताका साथ टीका लगाएर दक्षिणा दिएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले बहिनीहरु विष्णुमाया ढकाल, कौशिला कोइराला र विष्णु ओलीको हातबाट शुभसाइतमा टीका लगाएका छन् ।प्रधानमन्त्री ओलीले आज वालुवाटारस्थित सरकारी निवासमा बहिनीहरुबाट भाइटीका लगाएको प्रधानमन्त्री ओलीको स्वकीय सचिवालयले जनाएको छ ।यस्तै, नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले बहिनी सुशीला खड्काबाट भाइटीका लगाएका छन् । सभापति देउवाले बूढानीलकण्ठस्थित आफ्नै निवासमा टीका लगाएको उनको स्वकीय सचिवालयले जनाएको छ ।यस्तै, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज शुभ साइतमा बहिनीहरुबाट भाइटीका लगाएका छन् । झापा गौरदह–३ स्थित निज निवासमा बहिनी सुशीला कार्की र पार्वता थापाको हातबाट दाजु दिपक कार्कीसँगै उनले टीका लगाएको मुख्यमन्त्री कार्कीका प्रेस सल्लाहकार विक्रम लुँइटेलले जानकारी दिए । मुख्यमन्त्री कार्कीका पाँच जना दिदीबहिनी छिन् । टीका लगाउसँगै उनले नेपालीहरुको मौलिक पर्वले एक आपसमा भावनात्मक एकता बढाउने बताए । उनले नेपालीहरुको संस्कृति, परम्परा र चाडपर्वको संरक्षण गर्नु सबैको दायित्व भएको बताए ।

150
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका