जोडिनुहोस
बिहिबार, कार्तिक २९, २०८१
बिहिबार, कार्तिक २९, २०८१
  • होमपेज
  • लघुबीमा कम्पनीलाई तत्काल आईपीओ जारी गर्न प्राधिकरणको निर्देशन

लघुबीमा कम्पनीलाई तत्काल आईपीओ जारी गर्न प्राधिकरणको निर्देशन

नेपाल बीमा प्राधिकरणले लघु बीमा कम्पनीहरुलाई तत्काल साधारण सेयर (आईपीओ) जारी गर्न निर्देशन दिएको छ ।
प्राधिकरणले लघु बीमकहरुको चुक्तापुँजी बृद्धि गर्न कायम चुक्तापुँजीको ३० प्रतिशत आईपीओ निष्कासन गर्न निर्देशन दिएको हो । प्राधिकरणले लघुबीमा कम्पनीहरुलाई लाइसेन्स वितरण गर्दा चुक्तापुँजीको ३० प्रतिशत आईपीओ जारी गरी चुक्तापुँजी जुटाउन निर्देशन दिएको थियो । सोही बमोजिम नै प्राधिकरणले तत्काल आईपीओ निष्कासन गरी लघुबीमकको चुक्तापुँजी बृद्धि गर्न निर्देशन दिएको प्राधिकरणले जनाएको छ ।

हाल ४ निर्जीवन लघु बीमक र ३ लघु जीवन बीमक गरी ७ वटा लघुबीमा कम्पनी सञ्चालनमा छन् । प्राधिकरणले लघुबीमा कम्पनी सञ्चालन हुनुअगावै कम्पनीको न्यूनतम चुक्तापुँजी ७५ करोड रुपैयाँ तोकेको थियो । सोमध्ये ७० प्रतिशत संस्थापक सेयरधनीको लगानी रहेको छ भने अब ३० प्रतिशत सर्वसाधारणमा आईपीओ जारी गरिनेछ ।

लघुबीमा कम्पनीहरुले पनि आ–आफ्नै तवरबाट आईपीओ निष्कासनको प्रक्रिया तीव्र गतिमा अगाडि बढाइरहेका छन् । प्राधिकरणले आगामी वार्षिक साधारण सभामा ३० प्रतिशत आईपीओ जारी गर्ने प्रस्ताव पेश गर्न निर्देशन दिएको लघु बीमक संघका अध्यक्ष चिरायु भण्डारीले बताए । प्राधिकरणले ‘लघुबीमा संस्थापना तथा दर्ता सम्बन्धी निर्देशिका २०७९’ बमोजिम लघुबीमा कम्पनीको पुँजी बृद्धि गर्न तत्काल आईपीओ निष्कासनको अनुमति दिएको भण्डारीले बताए ।

निर्देशिका बमोजिम लघुबीमा कम्पनीहरु पब्लिक कम्पनी लिमिटेड कम्पनीको रुपमा दर्ता हुुनुपर्ने र चुक्तापुँजीको न्यूनतम ३० प्रतिशत सेयर (आईपीओ)सर्वसाधारणलाई निष्कासन गर्नेुपर्नेछ । कम्पनीमा संस्थापकको पनि न्यूनतम ५१ प्रतिशत सेयर हुनु पर्ने पनि निर्देशिकामा उल्लेख छ । हाल लघुबीमा कम्पनीहरुको चुक्तापुँजी ७५ करोड रुपैयाँ छ । कम्पनीहरुले ७५ करोड रुपैयाँ चुक्तापुँजीको ३० प्रतिशत अर्थात् २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता आईपीओ सर्वसाधारणमा निष्कासन गर्नुपर्नेछ । अधिकांश लघुबीमा कम्पनीहरुले आईपीओ निष्कासनको लागि बिक्री प्रबन्धक समेत नियुक्ति गरिसकेका छन् ।

हाल जीवनतर्फ क्रेष्ट माइक्रो लाइफ, गार्डियन माइक्रो लाइफ र लिबर्टी माइक्रो लाइफ सञ्चालनमा छन् भने निर्जीवनतर्फ ट्रष्ट माइक्रो, नेपाल माइक्रो, स्टार माइक्रो र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स सञ्चालनमा छन् ।

लघुबीमा कम्पनीहरुले धमाधम आईपीओ निष्कासन गर्ने हो भने १ अर्ब ५७ करोड ५० लाख रुपैयाँ लघुबीमा क्षेत्रमा सर्वसाधारणको लगानी थपिनेछ । अर्थात् ७ वटा लघुबीमा कम्पनीको १ अर्ब ५७ करोड ५० लाख रुपैयाँ बराबरको १ करोड ५७ लाख ५० हजार कित्ता आइपीओ निष्कासन हुनेछ ।

135
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?