जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको ध्यानाकर्षण

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको ध्यानाकर्षण

सेञ्चुरी कमर्सियल बैंक र बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठ, संचालक तथा सम्बन्धित व्यक्तिको विरुद्ध भ्रामक र कपोकल्पित समाचार केही अनलाइन संचारमाध्यममा समाचार प्रेषित भएको प्रति बैंकको गम्भिर ध्यानाकर्षण भएको छ । यस्ता कपोकल्पित भ्रमपूर्ण समाचारप्रति बैंक खेद व्यक्त गर्न चाहन्छ ।

बैंकको बारेमा समाचार सम्पेषण गर्दा आवश्यक जानकारी लिइ तथ्य सत्यको आधारमा प्रकाशित गर्नु हुन समेत सम्पूर्ण संचारमध्यमहरुलाई हार्दिक अनुरोध गर्न चाहन्छौं । यस बैंकले विप्रेषण कारोबार गर्न मौरिससमा दर्ता भएको एम एण्ड रेमिटसँग विप्रेषण कारोबार गरेको र उक्त कम्पनीबाट असुली गर्नु पर्ने रकमका सम्बन्धमा बैंक र रेमिट कम्पनीबीचको सम्झौतामा विवादित विषय मध्यस्तकर्तासँगको पलहमा समाधान गरिने व्यवस्था बमोजिम उक्त असुलीको विषय हाल मध्यस्तकर्तासँगको समन्वयमा आवश्यक काम कारवाही अघि बढिरहेको र छिट्टैै यस मुद्धाको फैसला आउनेमा बैंक विश्वस्त समेत रहेको जानकारी गराउन चाहन्छौं । तसर्थ अदालती प्रक्रियामा रहेको र सुनुवाई हुँदै गरेको मुद्धामा अनावश्यक, कपोकल्पित र भ्रामक समाचार प्रेषित गर्नु निन्दनिय र कानून संगत नहुने व्यहोरासमेत सम्र्पूण सरोकारवाला सबैमा जानकारी गराउन चाहन्छौं ।

4520
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका