महालक्ष्मी विकास बैंकले लाभांश घोषणा गरेको छ। बैंक सञ्चालक समितिको सोमबार बिहान बसेको बैठकले सेयरधनीलाई ७ प्रतिशत प्रतिफल वितरण गर्ने निर्णय गरेको हो।
बैंकका सेयरधनीले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट चुक्ता पुँजीको ४ प्रतिशतले हुन आउने १६ करोड ६८ लाख ५२ हजार ७४४ रुपैयाँ नगद लाभांश पाउनेछन्।
यस्तै, ३ प्रतिशतले हुन आउने १२ करोड ५१ लाख ३९ हजार ५५८ रुपैयाँ बरबरको बोनस सेयर वितरण गर्ने निर्णय सञ्चालक समितिले गरेको छ। नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको साधारण सभाबाट पारित भएपछि सेयरधनीले लाभांश पाउनेछन्।
बैंकको चुक्ता पुँजी हाल ४ अर्ब १७ करोड रुपैयाँ छ। बैंकले आर्थिक वर्ष २०७९/८० मा सेयरधनीलाई ६.४ प्रतिशत नगद लाभांश दिएको थियो।