जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • सनसाइज बैंकका दुई शाखारहित बैंकिङ सेवा विस्तार

सनसाइज बैंकका दुई शाखारहित बैंकिङ सेवा विस्तार

सनराइज बैंकले बैंकिङ पहुँच नपुगेका देशका विभिन्न स्थानमा अत्याधुनिक बैंकिङ सुविधा पुर्‍याउने उद्देश्यले शाखारहित बैंकिङ सेवा विस्तार गरेको छ । बैंकले कञ्चनपुरको कृष्णपुर र डडेल्धुराको अजयमेरूमा शाखारहित बैंकिङ सेवा विस्तार गरेको हो । वैशाख १५ गते शुक्रबार बैंकले सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिकाको कलुवापुर र डडेल्धुरा जिल्लाको अजयमेरु गाउँपालिकाको देवल दिव्यपुरमा शाखारहित बैंकिङ सेवा सुरु गरेको हो ।

यी दुई शाखारहित बैंकिङ सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ संख्या १०२ पुगेको छ । बैंकले सेवा सञ्चालनका लागि कृष्णपुरका करमसिंह राना र देवल दिव्यपुरका नरेश भट्टलाई व्यावसायिक प्रतिनिधिका रुपमा नियुक्त गरेको छ ।

शाखारहित बैंकिङबाट निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरणलगायत बैंकले प्रदान गर्ने अन्य सेवासमेत उपलब्ध गराइने बताएको छ । बैंकका हाल १३९ शाखा, १३ एक्सटेन्सन काउन्टर, १६२ एटीएम र १०२ शाखारहित बैंकिङ सेवामार्फत सेवा प्रदान गर्दै आएको छ ।

 

3640
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका