
सांग्रिला डेभलपमेन्ट बैंकले विपन्न समुदायका बालबालिकालाई अध्ययन सामग्री प्रदान गरेको छ ।
काठमाडौंको गुह्येश्वरीस्थित बाल सारथी एकेडेमीमा आयोजित कार्यक्रममा बैंककी मार्केटिङ विभाग प्रमुख अर्पणा बज्राचार्यले कापी, पेन्सिल लगायतका स्टेशनरी सामग्री विद्यार्थीहरूलाई हस्तान्तरण गरिन् ।
बाल सारथी एकेडेमीका अध्यक्ष डा. माला खरेलले कार्यक्रममार्फत आर्थिक रूपमा कमजोर तथा अभिभावकविहीन बालबालिकाहरूको शिक्षामा सहयोग पुगेको भन्दै बैंकप्रति आभार व्यक्त गरिन् ।
१०९ शाखा र ३० एटीएममार्फत सेवा दिइरहेको सांग्रिला बैंकले सामाजिक उत्तरदायित्वसँगै संस्थागत सुशासन र सेवाको विस्तारमा आफू क्रियाशील रहेको जनाएको छ ।
सम्बन्धित समाचार
लोकप्रिय समाचार










































































