
सहकारी बैंकले न्यूनतम २ अर्ब ५० करोड चुक्ता पुँजी कायम गर्नुपर्ने भएको छ । सहकारी बैंकका लागि नेपाल राष्ट्र बैंकले चुक्ता पुँजी तथा न्यूनतम पुँजीकोष सम्बन्धी नयाँ निर्देशीका जारी गरेको हो । जसअनुसार सहकारी बैंकले आफ्नो कुल जोखिम भारित सम्पत्तिको आधारमा प्राथमिक पुँजी ४ प्रतिशत र कुल पुँजीकोष ८ प्रतिशत कायम गर्नु पर्नेछ।
पुँजीकोषसम्बन्धी निर्देशनको पालना भए नभएको अनुगमन पश्चात प्रकृया अघि बढ्ने निर्देशीकामा उल्लेख छ । यस निर्देशीकासँगै अबका दिनमा केन्द्रीय बैंकले अन्य बैंकलाई जस्तै सहकारी बैंकलाई पनि कार्बाहीको दायरामा ल्याउने छ । राष्ट्र बैंकले चुक्ता पुँजी तर्फ साधारण शेयर, प्रस्तावित बोनस शेयर, जगेडा कोष, सञ्चित नाफा नोक्सान, प्रयोजन नखुलाई स्वतन्त्र रुपमा खडा गरिएका स्वतन्त्र कोषको रकमलाई प्राथमिक पुँजीमा समावेश गरिने जनाएको छ ।
सम्बन्धित समाचार
लोकप्रिय समाचार





































































