जोडिनुहोस
सोमवार, पुस ७, २०८२
सोमवार, पुस ७, २०८२

महालक्ष्मी लाइफले ६० करोडको आईपीओ निष्काशन गर्ने

महालक्ष्मी लाइफ इन्स्योरेन्सले सर्वसाधारणको लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ ।

कम्पनीले आईपीओ निष्काशन गर्नको लागि शेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको हो ।

कम्पनीले जारी पूँजी दुई अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने ६० करोड रुपैयाँ बराबरको १०० रुपैयाँ अंकित दरको ६० लाख कित्ता शेयर निष्काशन गर्ने भएको छ ।

कम्पनीले शेयर निष्काशन गर्न सानिमा क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्रि प्रबन्धक नियुक्त गरेको छ ।

सानिमा क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्मराज चालिसे र महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

कम्पनीले २०७५ माघ १ गते बीमा समितिबाट जीवन बीमा कारोबार इजाजत प्राप्त गरेको थियो । हाल कम्पनीले ६३ वटा शाखा तथा उपशाखा मार्फत १३ वटा बीमा योजनाहरु बिक्रि गर्दै आइरको छ । कम्पनीले कारोबार सञ्चालनको ३ वर्षको छोटो अवधिमै रु ३०१ करोडको बीमाशुल्क संकलन गर्न सफल भैसकेको छ ।

‘खल्ती’ बाटै ‘काठमाडौँ उपत्यका खानेपानी’ को बिल भुक्तानी गर्न सकिने

 काठमाडौँबासीले लामो समय देखि प्रतिक्षा गरिरहेको ‘काठमाडौँ उपत्यका खानेपानी लिमिटेड’ को बिल भुक्तानी अब अनलाईन भुक्तानी सेवा प्रदायक कम्पनी खल्ती डिजिटल वालेट बाट गर्न सकिने भएको छ । 

व्यस्त जीवनशैलीका कारण बिल भुक्तानी गर्न कार्यालयसम्म धाउन पर्ने तथा ढिला भइ जरिवानाको समस्याले पिरोलिएको ग्राहकका लागि डिजिटल भुक्तानीको प्रबन्ध मिलाइएको छ। त्यति मात्र हैन, ‘खल्ती’बाट खानेपानीको बिल भुक्तानी समय मै गरि रिबेट÷छुटको पनि ग्राहकले सुविधा प्राप्त गर्न सक्नेछन् ।  

यस सेवाका बारे थप बोल्दै ‘खल्ती’का प्रमुख कार्यकारी अधिकृत बिनय खड्काले भन्नुभयो, “काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको यो सेवा काठमाडौँका बासिन्दाहरुले वर्षौ देखि पर्खि आएका छन् र यस सेवालाई हामीले डिजिटल रूपमा  दिन पाउँदा धेरै उत्साहित  छौं।” 

‘खल्ती’बाट काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको बिल भुक्तानी गर्नका निम्ति यदि २०६८ भन्दा पहिलेको भुक्तानी गर्न बाकि भए बोर्ड अमाउन्ट तिर्न पर्नेछ। त्यसपछि आफ्नो नियमित भुक्तानी तिर्न बिल अमाउन्ट बाट भुक्तानी गर्न सकिनेछ।  

खल्ती’, नेपाली फिनटेक उद्योगमा एक फरक एवम् नविन पहिचान बोकेको ब्रान्ड हो । २० लाख भन्दा बढि प्रत्यक्ष र लाखौँ अप्रत्यक्ष प्रयोगकर्ताहरुको विश्वास बोकेको खल्ती डिजिटल वालेटले बिल भुक्तानी जस्तै मोबाइल र टिभी रिचार्ज, फ्लाईट तथा मुभी टिकट बुकिङ्ग, बिमा प्रिमियम तथा अनलाईन सपिङ्ग साईटमा भुक्तानी गरि ६० हजार भन्दाबढी  सेवाहरुको डिजिटल भुक्तानी तथा रकम आदानप्रदानको सेवा दिँदै आएको छ।

यसका साथै विभिन्न क्यासब्याक तथा छुट प्रदान गरि प्रयोगकर्ताहरुलाई समयको साथै पैसाको बचतमा पनि ‘खल्ती’ले योगदान दिँदै आएको छ ।khalti.com/app.बाट खल्ती डाउनलोड गर्न सकिन्छ। थप जानकारीको लागि, कृपया एच् संयोजक – आकृति शर्मालाई [email protected].मा इमेल गर्नुहोस्।

एभरेष्ट बैंकको थप नयाँ शाखा विस्तार

एभरेष्ट बैंक लिमिटेडले थप नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले समाजमा रहेको ठुलो तथा फैलिएको वर्गलाई अत्याधुनिक बैंकिङ्ग सेवा र सुबिधाहरु उपलब्ध गराउनका लागि लुम्बिनीको खैरेनी, योगिकुटि र मणिग्राम र जितपुर, मुर्गियामा आफ्नो नयाँ शाखाहरु उद्घाटन गरेको हो । 

सो शाखाहरुको उद्घाटन एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र सम्बन्धित वडाका वडाध्यक्षबाट संयुक्त रुपमा भएको छ । उक्त उद्घाटन समारोहमा एभरेष्ट बैंक लुम्बिनी प्रदेशका प्रादेशिक–प्रबन्धक अनिल कुमार कार्की, बैंकका बजार विभाग प्रमुख पुष्पराज उप्रेती लगायत अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिती रहेको थियो ।  

यसै उद्घाटन समारोहमा प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले लुम्बिनी प्रदेशका बासिन्दाहरुलाई अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गराउने आश्वासनका व्यक्त गरेको छन् । 

सांग्रिला डेभलपमेन्टको शाखा रुकुम पश्चिमको चौरजहारीमा पनि, शाखा सञ्जाल १०८ पुग्यो

सांग्रिला डेभलपमेन्ट बैंकले चौरजहारी नगरपालिका वडा नं. २, रुकुम (पश्चिम) मा नयाँ शाखा संचालनमा ल्याएको छ। बैंकले सोमबार सो शाखा संचालनमा ल्याएको जनाएको छ।

चौरजहारी शाखा कार्यालय संचालनमा आएसँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ् सुविधा पुग्ने विश्वास बैंकले लिएको छ। 

योसँगै बैंकको कुल शाखा संख्या १०८ पुगेको बैंकले जनाएको छ। 

बैंकले हरेक सम्भावित क्षेत्रमा ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना बनाए जनाएको छ। 

आइएमई पे र एभरेष्ट बैंकवीच सम्झौता

आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्धित ‘ आइएमई पे ’ र ‘ एभरेष्ट बैंक लिमिटेड ’ वीच बैंक लिङ्क गर्न मिल्ने सम्झौता भएको छ । डिजिटल सहजताको निम्ती गरेको यस सम्झौता पश्चात उपभोक्ताले आइएमई पे मोबाईल वालेट एपमा एभरेष्ट बैंकको खाता लिङ्क गरी बैंकका वित्तीय सुविधाहरू आइएमई पे एपमा प्रयोग गर्न सक्ने छन् ।

हालसम्म नेपालको १४ वटा बैंकहरुसँग यस्तै प्रकृतिको सम्झौता गरेको आइएमई पेले यस लिङ्क–अपका निःशुल्क ट्रान्स्फर तथा शीघ्र ट्रान्स्फर लगायतका फाइदाहरू रहेका छन् ।आइएमई पेमा बैंक लिङ्क गरे पश्चात उपभोक्ताले आफ्नो सुबिधा अनुसार एभरेष्ट बैंकको खातामा आइएमई पे एपबाट निः शुल्क पैसा पठाउन वा सार्न मिल्ने गरि सिस्टमलाई अध्यावधिक गरिएको छ भने आइएमई पेमा बैंक लिङ्क गरे पश्चात उपभोक्ताले सिधै आइएमई पेको पिन नं. राखी पैसा पठाउन वा सार्न मिल्ने (बैंक खाताको विवरण नचाहिने) लगायतका सुविधा उपलब्ध हुनेछन् । यसका अतिरिक्त आफ्नो एभरेष्ट बैंकमा रहेको खाताको ब्यालेन्स आइएमई पे एपमा प्रत्यक्ष हेर्न सकिने गरि व्यवस्था मिलाइएको छ ।

महालक्ष्मी विकास बैंकका ग्राहकलाई होटल दियालो फुडल्यान्ड एण्ड पार्टि प्यालेसमा छुट

ग्राहकहरुलाई सरल, सहज र गुणस्तरीय वित्तिय सेवा प्रदान गर्दै आईरहेको यस महालक्ष्मी विकास बैंक लिमिटेड र होटल दियालो फुडल्यान्ड एण्ड पार्टि प्यालेस प्रा.ली. बिच सहकार्य गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पश्चात यस बैंकको डेबिट कार्ड, क्युआर(स्क्यान पे), महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्नुहुने ग्राहक महानुभावहरुले होटलका विभिन्न सेवाहरुमा आकर्षक छुट पाउनुहुनेछ । यस किसिमको सहकार्यबाट बैंकका सेवाग्राही थप लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्ष।त्कार गराउने अभिप्रायका साथ यस बैकले विभिन्न शाखाहरुबाट जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आएको छ ।
यस बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदुरपश्मि प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहर मार्फत करिब ६ लाख ग्रहकहरुलाई उच्चस्तरीय वित्तिय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आइरहेको छ । बैंकले ग्राहकहरुको वैदेशिक यात्राको क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस भन्ने उद्देश्यले VISA EMV chip based travel Card, eCommerce card र Dollar card जारी गरिसकेको छ । समग्रमा chip based Travel Card, eCommerce card र Dollar card जारी गर्ने अग्रणी तथा एक मात्र विकास बैंक ः महालक्ष्मी विकास बैंक रहेको छ ।

बैंकिङ कसूर मुद्दाका २ जना फरार प्रतिवादीहरू पक्राउ

बैंकिङ कसूर मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा तनहुँ ब्यास नगरपालिका-९ वतन भई काठमाडौँ महानगरपालिका-२६ सोह्रखुट्टे बस्ने एम एम कन्स्ट्रक्सन प्रालिका सञ्चालक ३२ वर्षीय सुरज गुरुङ र सिन्धुपाल्चोक घर भई काठमाडौँ महानगरपालिका-३१ तीनकुने बस्ने ३६ वर्षीय सुमित भण्डारी रहेका छन्

सेबोन अध्यक्षका लागि तीन जनाको नाम सिफारिस

साढे पाँच महिनादेखि नेतृत्वविहीन रहेका नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षका लागि ३ जनाको नाम सिफारिस गरिएकाे छ ।

सोमबार बस्नलागेको मन्त्रिपरिषद्को बैठकमा धितोपत्र बोर्ड अध्यक्षका लागि छनोट समितिले गोपालप्रसाद भट्ट, कृष्णराज पोखरेल र रमेशकुमार हमालको नाम सिफारिस गरेको हो ।

बोर्ड अध्यक्ष छनोट सिफारिस समितिले आवेदन दिएका १५ जनामध्ये ‘सर्टलिष्ट’ ५ जनाको नाम छनोट गरेको थियो । जसमा बोर्डकै कार्यकारी निर्देशक निरज गिरी, अन्य आवेदकहरू रमेशकुमार हमाल, गोपालप्रसाद भट्ट, कृष्णराज पोखरेल र खगेन्द्र कटुवालको नाम सर्टलिष्टमा राखिएको थियो । ५ जनाबाट गिरी कटुवाललाई हटाएर ३ जनाको नाम सिफारिस गरिएको हो ।

उक्त तीन जनामध्येबाट सरकारले १ जनालाई सेबोनको अध्यक्षमा नियुक्त गर्नेछ ।

बोर्डका तत्कालीन अध्यक्ष भीष्मराज ढुङ्गाना सर्वोत्तम सिमेन्टको सेयर कारोबारमा मुछिएपछि गत भदौ १६ निलम्बनमा परेका थिए । त्यसपछि बोर्डमा नयाँ अध्यक्ष नियुक्त गर्न अर्थ अध्यक्ष छनोट सिफारिस समितिले प्रकृया अघि बढाएको थियो ।

तर, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेल संयोजकत्वको छनोट समितिले राजनीतिक प्रभावमा अध्यक्ष नियुक्ति प्रकृयालाई विवादित बनाएपछि दुईपटक आवेदन मागिएको थियो । दोस्रोपटक आवेदन माग्दा पनि योग्यता र मापदण्डका प्रावधान हेरफेरि गरिएको थियो ।

गरिमा विकास बैंकले ल्यायो ‘स्वर्णिम निक्षेप योजना’, बार्षिक ब्याज दर ११.५५ प्रतिशत दिने

गरिमा विकास बैंक लिमिटेडले उत्कृष्ट प्रतिफल दिने उद्देश्यले ‘स्वर्णिम निक्षेप योजना’ सार्वजनिक गरेको छ।

न्यूनतम एक हजार रुपैयाँ मौज्दातमा सुरु गर्न सकिने यो योजना क्रमिक (रिकरिङ्ग) निक्षेप खाता हो। यो निक्षेप योजना अन्तर्गत ५ वर्ष वा त्योभन्दा बढी अवधिको निक्षेप खाता खोली वार्षिक मुद्दति बराबरको व्याजदरको फाईदा लिन सकिनेछ। 

योजना अवधिभित्र आफ्नो अनुकुलता अनुसार जति पनि रकम जम्मा गर्न सकिने बैंकले जनाएको छ। आफुले जम्मा गरेको हरेक रकममा त्यस समयको मुद्दति बराबरको ब्याजदर पाईनेछ। 

अहिले बैंकले ‘स्वर्णिम निक्षेप योजना’ अन्तर्गत उच्चतम ११.५५ प्रतिशत ब्याजदर प्रदान गर्ने छ। यो खाता बैंकका ११८ शाखा कार्यालयहरुमा खोल्न सकिन्छ। 

चार जिल्लामा मेगा बैंकको शाखारहित बैंकिङ सेवा विस्तार

मेगा बैंक नेपाल लिमिटेडले चार वटा जिल्लाका बैंकिङ सेवा नपुगेका पाँच वटा स्थानमा शाखारहित बैंकिङ सेवा शुभारम्भ गरेको छ ।

मेगा बैंकले भोजपुर जिल्लाको पौवादुम्मा गाउँपालिका वडा नम्बर ३ मा रोशन खड्का, सिन्धुली जिल्लाको गोलञ्जोर गाउँपालिका वडा नम्बर ५ मा कुमार श्रेष्ठ, गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ५ देउरालीमा महेन्द्र घिमिरे, कञ्चनपुर जिल्लाको पुनर्बास नगरपालिका वडा नम्बर ८ मा नारायण पन्त र कृष्णपुर नगरपालिका वडा नम्बर २ बाङकामा जानकी रावतलाई व्यावसायिक प्रतिनिधि नियुक्त गरी शाखारहित बैंकिङ सेवा विस्तार गरेको हो ।

शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत बैंकले नियुक्त गरेका व्यावसायिक प्रतिनिधिमार्फत खाता खोल्ने, दैनिक खातामा रकम जम्मा गर्ने, झिक्ने, नेपाल टेलिकम, एनसेलमा रिचार्ज, डिसहोमको रिचार्ज गर्ने लगायतका सुविधाका साथै सेवाग्राहीलाई आवश्यक परेको खण्डमा कर्जा लगानीको लागि आवश्यक प्रक्रिया अगाडि वढाउन सकिने ब्यवस्था रहेको छ ।

मेगा बैंकले स्थापनाकालदेखि नै ग्रामीण क्षेत्रमा बैंकिङ पहँुच पु¥याउने उद्देश्यले हलोदेखि हाइड्रोसम्म सेवा प्रदान गर्ने लक्ष्यका साथ ग्रामीण क्षेत्रलाई प्राथमिकता दिई कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ । शाखारहित बैंकिङ्ग सेवा ग्रामीण क्षेत्रमा वित्तीय सेवा प्रवाह गर्ने महत्वपूर्ण माध्यमको रुपमा रही आएको छ ।

सिटिजन बैंक र एसइइडी ल्याबबीच सहकार्य

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र एसईईडी ल्याब प्रालि बुटवल बीच सिटिजन्स बैंकको कार्डबाहकहरूलाई ३० प्रतिशत छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो समझदारी पत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले एसईईडी ल्याबको सबै सेवा सुविधामा ३० प्रतिशत छुट पाउनेछन् । 

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । हालसम्म सिटिजन्स बैंकको कार्ड नभएका ग्राहकहरुलाई पनि तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स बैंकले इन्स्ट्यान्ट कार्डको व्यवस्था पनि गरेको छ । 

मोबाइल बैकिङ्ग मार्फत खानेपानी, विजुली तथा इन्टरनेटको बिल भुक्तानी, प्रिपेड तथा पोष्टपेड मोबाइल बिल भुक्तानी जस्ता सुबिधा बैंकले प्रदान गर्दै आएको छ । बैंकले हलसालै मोबाइलबट कार्डलेस विथड्रल सेवाको पनि सुरुवात गरेको छ । यो सुविधा मार्फत सिटिजन्स बैकका मोबाइल बैंकिङ्ग सुविधा लिएका ग्राहकहरुले बिना कार्ड एटिएमबाट पैसा निकाल्न सक्नेछन् । यसबाहेक बैकले मोबाइलबाटै मुद्दती खाताको आवेदन दिन सक्ने व्यवस्था समेत गरेको जानकारी बैंकले गराएको छ । 

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १७४  वटा शाखा,  १२३  वटा एटिएम र ९२ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १३ लाख भन्दा बढि ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ । 

सांग्रिला डेभलपमेन्ट बैंकको १०७ औं शाखा सल्ली बजारमा

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ग्रामीण साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रम सँगै  सल्ली बजार, वनगाड कुपिण्डे नगरपालिका वडा नं.१ सल्यानमा शाखा संचालनमा ल्याएको छ। बैंकले बिहीवार सो शाखा संचालनमा ल्याएको हो।

सल्ली बजार शाखा कार्यालय संचालनमा आए सँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ्ग सुविधा पुग्ने विश्वास बैंकले लिएको छ । 

यससँगै सांग्रिला डेभलपमेन्ट बैंकको कुल शाखा संख्या १०७ पुगेको छ र यस शाखाको उद्घाटन वनगाड कुपिण्डे नगरपालिकाका मेयर गोविन्द कुमार पूनले गरेका हुन्।

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरुलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिंदै आएकोमा यस शाखाको सञ्चालनबाट यस क्षेत्रका ग्राहक महानुभावहरुलाई अझ सरल र सहज तरिकाले बैकिङ्ख सेवा लिने वातावरण बनेकोमा बैंक विश्वस्त रहेको छ ।