जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • सेबोन अध्यक्षका लागि तीन जनाको नाम सिफारिस

सेबोन अध्यक्षका लागि तीन जनाको नाम सिफारिस

साढे पाँच महिनादेखि नेतृत्वविहीन रहेका नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षका लागि ३ जनाको नाम सिफारिस गरिएकाे छ ।

सोमबार बस्नलागेको मन्त्रिपरिषद्को बैठकमा धितोपत्र बोर्ड अध्यक्षका लागि छनोट समितिले गोपालप्रसाद भट्ट, कृष्णराज पोखरेल र रमेशकुमार हमालको नाम सिफारिस गरेको हो ।

बोर्ड अध्यक्ष छनोट सिफारिस समितिले आवेदन दिएका १५ जनामध्ये ‘सर्टलिष्ट’ ५ जनाको नाम छनोट गरेको थियो । जसमा बोर्डकै कार्यकारी निर्देशक निरज गिरी, अन्य आवेदकहरू रमेशकुमार हमाल, गोपालप्रसाद भट्ट, कृष्णराज पोखरेल र खगेन्द्र कटुवालको नाम सर्टलिष्टमा राखिएको थियो । ५ जनाबाट गिरी कटुवाललाई हटाएर ३ जनाको नाम सिफारिस गरिएको हो ।

उक्त तीन जनामध्येबाट सरकारले १ जनालाई सेबोनको अध्यक्षमा नियुक्त गर्नेछ ।

बोर्डका तत्कालीन अध्यक्ष भीष्मराज ढुङ्गाना सर्वोत्तम सिमेन्टको सेयर कारोबारमा मुछिएपछि गत भदौ १६ निलम्बनमा परेका थिए । त्यसपछि बोर्डमा नयाँ अध्यक्ष नियुक्त गर्न अर्थ अध्यक्ष छनोट सिफारिस समितिले प्रकृया अघि बढाएको थियो ।

तर, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेल संयोजकत्वको छनोट समितिले राजनीतिक प्रभावमा अध्यक्ष नियुक्ति प्रकृयालाई विवादित बनाएपछि दुईपटक आवेदन मागिएको थियो । दोस्रोपटक आवेदन माग्दा पनि योग्यता र मापदण्डका प्रावधान हेरफेरि गरिएको थियो ।

3225
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?