जोडिनुहोस
सोमवार, पुस ७, २०८२
सोमवार, पुस ७, २०८२

बीमा समिति किन लिदैछ, नयाँ बीमा कम्पनीहरुका लाइसेन्सको आवेदनः १० निजीवन बीमा कम्पनी लघु बीमा र जीवन बीमा गरि २० कम्पनीका आवेदन, बीमा समितिका घर्रामा, अर्बैको चलखेल !

नेपालको कानून दैवले जानुन जस्तै भएको छन् । नेपालका नियमनकारी निकाय भन्दा अब चाहि फरक पर्दैन । नेपालमा जीवन बीमा कम्पनी र निजीवन बीमा धेरै भएको भन्दै मर्जर गर्न वा पूँजी बृद्धि गर्न दबाब दिँदै आएको बीमा समितिनै नयाँ बीमा कम्पनीहरुका आवेदन भटभट लिँदैछ भन्दा अचम्म लाग्दा तर यो सत्य हो । विगतको सरकारले नयाँ केही बीम कम्पनीहरुको लाईसेन्स दिएपछि फेरि पनि नयाँ लाइसेन्स पाउने आशामा बीमा समितिमा दिनै आवेदन पर्ने गरेको छ भन्दा अब फरक पर्दैन ।

जब जब देशमा चुनाव हुने बेला हुन्छ तब तब सरकारले किन नयाँ बीमा कम्पनीहरुको लाइसेन्स दिने हल्ला चलाउँदै आएको छ । यो चाहि खोजी कै विषय बनेको छ भन्दा अब फरक पर्दैन । नेपालका राजनीतिक पार्टीहरुले नयाँ बीमा कम्पनीका लाईसेन्स दिन र चुनावी खर्च उठाउने परम्परा नयाँ भने होइन भन्दा फरक पर्दैन । सरकारले निर्णय गरेर बीमा समितिमा पत्र पठाएपछि मात्रै समितिले नयाँ बीमा कम्पनीहरुलाई लाईसेन्स दिन सक्ने देखिन्छ ।

बीमा समितिमा नयाँ कम्पनीको लाइसेन्स माग गर्दै निवेदन दर्ता गर्ने कम्पनीको ओइरो लाग्न थालेको छ भन्दा अब चाहि फरक पर्दैन । कारण के हो ? बीमा व्यवसाय सञ्चालन गर्ने अनुमति माग्दै २० कम्पनी नियामक निकाय बीमा समिति पुगेका छन् । समितिका अनुसार तीन प्रकारका बीमा व्यवसाय सञ्चालनको अनुमति माग गर्दै ती कम्पनी दर्ता भएका देखिन्छ । बीमा समितिका अनुसार जीवन, निर्जीवन तथा लघु बीमा कम्पनीको लाइसेन्सको लागि प्रस्ताव पेश गरेको भेटिएको छ ।

नियामक निकाय बीमा समितिले नयाँ बीमा कम्पनीका लागि लाइसेन्सको आवेदन भने खुलाएको छैन । तर, बीमा ऐनमा व्यवस्था भएबमोजिम लगानीकर्ताहरुले कम्पनी दर्ता गर्ने गरेको भेटिएको छ । २०७५ सालको जेठ महिनामा समितिले नयाँ कम्पनीका लागि आवेदन बन्द गरेको भनेर सूचना प्रकाशित गरेको थियो । आवेदन नखुलाए पनि को पहिले हुने भन्ने होडमा समितिमा कम्पनी दर्ता गर्ने गरेका छन् भन्दा फरक पर्दैन । नेपाल सरकारबाट स्वीकृत नभएसम्म बीमा समितिले लाइसेन्स दिन सक्दैन हेक्का होस् ।

कुनै पनि लगानीकर्ताले बीमा ऐन बमोजिम कागजात पुर्याएर बीमा कम्पनीको लाइसेन्स माग गर्दै आवेदन दिने ठाउँ नियमनकारी निकाय बीमा समिति नै हो । नीतिगत रुपमा व्यवस्था भएर कम्पनीलाई लाइेसेन्स नदिने भन्ने निर्णयमा पुगे पछि बीमा समितिले विभिन्न प्रक्रिया पुरा गरेर आउनु भनेर सूचना निकालिन्छ । तर यो प्रकृया अझै भएको देखिदैन । बीमा समितिले उपलब्ध गराएको तथ्यांकअनुसार तीन प्रकारका व्यवसाय ९निर्जीवन बीमा, लघु बीमा र जीवन बीमा गरी १७ कम्पनीले लाइसेन्सको लागि प्रस्ताव पेश गरेको देखिन्छ ।

बीमा समिति उच्च स्रोतका अनुसार निर्जीवन बीमा कम्पनीतर्फ मुक्तिनाथ इन्स्योरेन्स, महालक्ष्मी जनरल इन्स्योरेन्स, अन्नपूर्ण जनरल इन्स्योरेन्स, रिलायवल इन्स्योरेन्स, मनकामना इन्स्योरेन्स, अभियान जनरल इन्स्योरेन्स, र उपकार जनरल इन्स्योरेन्सले आवेदन दर्ता गरेको देखिन्छ ।
अभियान निर्जीवन लघुबीमा, माछापुच्छ्रे माइक्रो इन्स्योरेन्स कम्पनी र हव माइक्रो इन्स्योरेन्स र उन्नती माइक्रो इन्स्योरेन्स कम्पनीले लघु बीमा व्यवसाय सञ्चालनको अनुमति माग गर्दै आवेदन दिएको भेटिएको छ ।

युनी लाइफ इन्स्योरेन्स, स्ट्याण्डर्ड लाइफ इन्स्योरेन्स, उपकार लाइफ इन्स्योरेन्स, पायोनिर, उपकार लाइफ र वायोनेट लाइफ नामक बीमा कम्पनीले जीवन बीमा व्यवसाय सञ्चालन गर्ने अनुमति माग गर्दै आवेदन दिएको देखिन्छ । जीवन बीमा कम्पनीलाई लाइसेन्स दिन अर्थ मन्त्रालयको स्वीकृति चाहिने व्यवस्था ऐनमा छ । तर, निर्जीवन बीमा कम्पनी र लघु बीमा कम्पनीलाई इजाजत भने समितिको सञ्चालक समितिले दिन सक्ने छ भन्द फरक पर्दैन । सचेत भया ।

नाफा र कर्मचारीहरुको बोनस वितरणमा २७ वाणिज्य बैंकहरुमा एनआईससी एशिया बैंकको चमत्कारः शाखा सञ्जाल र व्यवसाय विस्तारमा पनि छलाङ्ग ?

नेपालको २७ वाणिज्य बैंकहरुमा एनआईसी एशिया बैंकका सबै सूचक लोभलाग्दो मात्रै छैनन् । अरु वाणिज्य बैंकहरुका लागि चुनौती नै बनेको छन् भन्दा अब चाहि फरक पर्दैन । नेपालकै वाणिज्य बैंकहरुमा कान्छा सीइओ रोशन कुमार न्यौपानेको कोर बैकिङ्गले एनआईसी एशिया बैंकले विगत वर्षहरु झै यस वर्ष पनि नाफा, कर्मचारीहरुको बोनस वितरण र व्यवसायमा छलाङ्ग नै मारेको भेटिएको छ । भन्दा फरक पर्दैन । एनआईसी एशिया बैंकले २७ वाणिज्य बैंकहरु मध्ये दोस्रो त्रैमासिक वित्तिय विवरणमा दोस्रो स्थान हासिल गरेको देखिन्छ । दर्जनौ विकास बैंक र २ वटा वाणिज्य बैंक मर्जर गरेर बनेको ग्लोबल आईएमई बैंकलाई समेत चुनौती एनआईसी एशिया बैंकले दिएको छ भन्दा फरक पर्दैन ।
नेपालकै पुरानो बैंक नबिल बैंक लिमिटेडलाई समेत यो दोस्रो त्रैमासिक वित्तिय विवरणमा एनआईसी एशिया बैंकले उछिनेको देखिन्छ ।
दक्ष र अनुभवी युवा बैंकरहरुको टिमलाई परिचालन गर्दै एनआईसी एशिया बैंकका कान्छा सीइओ रोशन कुमार न्यौपानेको व्यावसाय विस्तार पनि लोभलाग्दो छ भन्दा फरक पर्दैन ।

एनआईसी एशिया बैंक लिमिटेडको यो दोस्रो त्रैमासिक वित्तिय विवरण हेर्ने हो भने बैंकले यो अवधीमा २ अर्ब ४० करोड २० लाख ६६ हजार नाफा आर्जन गरेको छ । भन्दा फरक पर्दैन । यसबाटै पुष्टि हुन्छ कि यस बैंकले वयवसाय विस्तार कसरी गरेको छ भनेर ।

सरकारी स्वामित्वको बैंक राष्ट्रिय वाणिज्य बैंक र प्राइभेट स्तरको पूरानो बैंक नबिल बैंक लिमिटेडलाई समेत पछिल्लो अवस्थामा सबै सूचकमा एनआईसी एशिया बैंकले उछिनेको छ भन्दा फरक पर्दैन । यसको पुष्टी एनआईसी एशिया बैंकको तथ्यले प्रष्ट पारेको छ भन्दा फरक पर्दैन ।
कर्जा विस्तार र डिपोजिट संकलनमा समेत एनआईसी एशिया बैंकले अगाडी देखिन्छ भन्दा फरक पर्दैन । सरल र छिटो कर्जा दिने बैंकको सूचिमा १ नम्बरमा एनआईसी एशिया बैंक अगाडी देखिन्छ भन्दा फरक पर्दैन । यति मात्र होइन राज्यलाई कर तिर्ने बैंकहरुमा समेत एनआईसी एशिया बैंक अग्रपंक्तिमा देखिएको छ ।

लाखौ होइन लाखौ लाख ग्राहकलाई सेवा प्रदान गरेको यस बैंकले कर्मचारीहरुका लागि वितरण योग्य बोनस ३८ करोड १२ लाख ८० हजार छुट्याएको देखिन्छ भन्दा अब चाहि फरक पर्दैन । शाखा सञ्जालमा सबै भन्दा ठूलो बैंक एनआईसी एशिया बैंकले ग्रामिण तहदेखि शहरी क्षेत्रमा समेत शाखा विस्तार गरि ग्राहकहरुको आफ्नै बैंक बन्न सफल भएको देखिन्छ ।

“बैंक पनि साथी पनि” भन्ने नारा दिएको एनआईसी एशिया बैंकका सबै सुचाकहरु हेर्दा बैंकले निकट भविष्यमा २७ वाणिज्य बैंकमा १ नम्बर बैंक बन्ने निश्चित छ भन्दा फरक पर्दैन । हेक्का होस् । नेपाल राष्ट्र बैंकका सबै निर्देशनहरुलाई पालना गर्दै आएको एनआईसी एशिया बैंक निकट भविष्यमा अझै ग्राहकमुखी र डिजिटलाजेशन बैंक बन्ने बैंकका सीइओ रोशन कुमार न्यौपानेले पंक्तिकारसंग बताए ।

एनआईसी एशिया बैंकका सीइओ न्यौपानेले पंक्तिकारसंग भनेः– हामी ग्राहक वर्गहरुलाई सहज र सजिलो सेवा दिने बैंक बन्दैछौं । ग्राहक नै हाम्रो देवता सरह भएकै कारण उहाँहरुको भावना र चाहाना बुझेर काम गरिरहेका कारण नाफा देखि व्यवसाय विस्तारमा राम्रो रिजल्ट दिँदै आएका छौं नि । जे भएपनि एनआईसी एशिया बैंकको व्यवसाय विस्तारले अरु २६ वाणिज्य बैंकलाई चुनौती नै छ भन्दा अब फरक पर्दैन । सचेत भया ।

मारुती सिमेन्टको दादागिरीले हद नाग्योः सयौ निजी भवन र परियोजनाका संरचना जोखिममा सञ्चालक शरद गोपाल विरुद्ध करिब २१ करोड ठगी मुद्दा अख्तियारमा !

विगत लामो समयदेखि जनता ठगी गर्दै आएको मारुती सिमेन्टलाई चर्को दबाबपछि नेपाल गुणस्तर तथा नापतौल विभागले विक्रीमा प्रतिवन्ध गरेको छ ।भन्दा फरक पर्दैन । गुणस्तरहिन सिमेन्ट उत्पादन गरेर राज्यलाई नै करोडौं राजश्व छली गर्दै आम जनताहरुलाई मारुती सिमेन्ट विक्री गर्दै आएका सञ्चालक शरद गोपाल बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा करिब २१ करोडको ठगी गरेको उजुरी परेको भेटिएको छ ।

गत मंसिर १ गते नेपाल गुणस्तर तथा नापतौल विभागले मारुती सिमेन्ट बिक्री गर्न प्रतिवन्ध लगायो । मारुती सिमेन्टले लामो समयदेखि गुणस्तरीय सिमेन्ट उत्पादन गरी बिक्री वितरण गर्दै आएको पुष्टि भएको भन्दै विभागले तत्काल बिक्री वितरणमा रोक लगाउँदै कारबाहीको प्रक्रिया अघि छ भन्दा फरक पर्दैन ।

मारुती सिमेन्टबाट बनेका व्यक्तिका निजी घर र भवन मात्र होइन ठूला–ठूला परियोजनामा पनि यो सिमेन्ट प्रयोग भएको कारण धेरै परियोजना जोखिममा परेको भन्दै नेपाल गुणस्तर तथा नापतौल विभागका अधिकारीहरुले हदैसम्मको कारबाही गर्न सिफारिस गरेको देखिन्छ ।
विभागद्वारा संकलित मारुती सिमेन्टको नमूनामा एमपीए ७ र २८ दिनको मान क्रमशः ३३ र ४३ हुनुपर्नेमा ३१ र ३७ मात्रै देखिएको थियो । विभागले ओपिसी ४३ ग्रेडको विक्री वितरण रोकेको देखिन्छ हेक्का होस् ।

राज्यलाई राजश्व छली
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुमतिभन्दा धेरै चुनढुंगा प्रयोग गरेको तर त्यसबापत राज्यलाई तिर्नुपर्ने रकम नतिरेको भन्दै मारुती लगायत ९ सिमेन्ट उद्योगलाई १ अर्ब २६ करोड बिगो दावी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको देखिन्छ ।

मारुती सिमेन्टले खानी विभागले अनुमति दिएको भन्दा २० करोड ५० लाख ६५ हजार ५ सय ७५ रुपैयाँ नोक्सनी पुर्याएको भन्दै अख्तियारले सो बराबरको बिगो दावी गर्दै मारुती सिमेन्ट उद्योगका सञ्चालक शरद गोयलविरुद्ध मुद्दा दायर गरेको छ भन्दा फरक पर्दैन ।

२०७६ असार ३१ गते पेश भएको प्रतिवेदनमा ती उद्योगीहरुबाट १ अर्ब २६ करोड १९ लाख ४८ हजार क्षतिपूर्ति (राजस्व) उठाउनु पर्ने गरी कारबाहीको सिफारिस गरेकोमा सिमेन्ट र चुनढुङ्गा कम्पनीहरुबाट लिनु पर्ने क्षतिपूर्ति नलिई २०७७ जेठ १५ गते जयराज घिमिरेको संयोजकत्वमा गठित समिति (दोश्रो) को प्रतिवेदन बमोजिम जम्मा १८ लाखमात्र जरिवाना लिएर राज्यलाई अर्बौं राजस्व घाटा गराई भ्रष्टाचार गरेको भन्ने उजुरी परेपछि अख्तियारले छानविन गरेको थियो । भन्दा फरक पर्दैन ।

‘सरकारलाई बिगो १ अर्ब २४ करोड ४५ लाख २६ हजार ६ सय ४३ रुपैयाँ नोक्सानी पुग्ने गरी राजस्व चुहावट गरी भ्रष्टाचार गरेको सप्रमाण पुष्टि हुन आएको देखिँदा निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ र दफा ७ को देहाय क र ख बमोजिमको कसूरमा ऐनको दफा ७ ले निर्धारण गरे बमोजिम ऐनको दफा ३ को उपदफा १ र दफा ३ को उपदफा १ को देहाय झ बमोजिम सजाय हुन मागदाबी लिइएको छ । अख्तियारले दाबी गरेको मुद्दामा उल्लेख छ ।

राज्यलाई तिर्नुपर्ने राजस्व नतिरेपछि २०७४ सालमा राजस्व अनुसन्धान विभागले मारुती सिमेन्टको कार्यालयमा छापा हानेर कागजात नियन्त्रणमा लिएको थियो । राजस्व अनुसन्धान विभागका अधिकारीहरुका अनुसार मारुती सिमेन्टले करोडौं राजस्व छली गरेको छ । मारुती सिमेन्ट उत्दान हुँदै आएको सिराहाको मिर्चैया र मोरंगको बिराटनगर कार्यालयमा राजस्व अनुसन्धान विभाग इटहरीले छापा मारेको थियो । भन्दा फरक पर्दैन । हेक्का होस् ।

यसअघि पनि चन्द्रोदय गाविसस्थित खानीबाट चुनढुंगा उत्खनन् गरी उद्योगसम्म लैजाँदा ५० लाख रुपैयाँभन्दा बढी राजस्व मारुती सिमेन्टको सञ्चालक गोपालले नतिरेको भेटिएको छ । भनिन्छ मारुती सिमेन्टले वर्षौंदेखि स्थानीय तहलाई तिर्नुपर्ने कर नतिरेको र उद्योग तथा खानी सञ्चालन गर्दा अपनाउनु पर्ने सामान्य सावधानीसमेत पुरा नगरेको भन्दै ब्याापक विरोध भएको थियो। मारुतीले खानी सञ्चालनका लागि लिएको अनुमति क्षेत्रभन्दा बाहिरसमेत उत्खनन् गरेको देखिन्छ । हेक्का होस् ।

दुधौली नगरपालिका प्रमुख घनश्याम राउत, प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र पौडेल र खानीकातर्फबाट जनार्दन रेग्मी, दिपक कार्की, वडाध्यक्ष लीलबहादुर थापा मगर लगायत स्थानीयको उपस्थितीमा ७ बुँदे सहमति भएको थियो । तर, उद्योगले उक्त सहमतिको पालना नगरेपछि स्थानीयहरुले आन्दोलन नै गरेका थिए । नेपालको कानूनमा राज्यलाई तिर्नु पर्ने कर छली गर्ने र जनतालाई गुणस्तरहिन सामाग्री बेच्ने अधिकार कसैलाई छैन । सचेत भया ।

बैंक र आईएफसीबीच साइकोमेट्रिक स्कोरिङसम्बन्धी समझदारी

 नेपाल राष्ट्र बैंक र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बीच नेपालको वित्तीय क्षेत्रमा व्यक्तिगत क्षमता, व्यवहार, शैली र योग्यता मापनमा आधारित रहेर सम्भावित ऋणीको मूल्याङ्कन गर्ने विधि (साइकोमेट्रिक स्कोरिङ सोलुसन) को परीक्षणका लागि एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । वित्तीय प्रणालीमा कर्जा वितरणलाई प्रविधिसँग सामञ्जस्य कायम गरी नयाँ ढङ्गले प्रस्तुत हुने साइकोमेट्रिक स्कोरिङलेप्रणालीलाई थप प्रविधिमैत्री बनाई सहज, सरल र जोखिममुक्त कर्जा प्रवाहलाई प्रवद्र्धन गर्ने अपेक्षा लिइएको छ ।

व्यक्तिगत क्षमता, व्यवहार, शैली र योग्यता मापनका रूपमा डिजिटल वित्तीय सेवालाई प्रवद्र्धन गर्ने उद्देश्यले उक्त नवप्रवर्तन विधिको परीक्षण चरणका लागि आज गभर्नर महाप्रसाद अधिकारीको उपस्थितिमा लघुवित्त संस्था सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक सुमनकुमार अधिकारी र आईएफसी नेपालका आवासीय प्रतिनिधि बाबाकार सेदिख फायेले समझदारी पत्रमा हस्ताक्षर गर्नुभयो । जापान सरकार र संयुक्त अधिराज्य (बेलायत) सरकारसँगको साझेदारीमा नेपालको वित्तीय प्रणालीमा उक्त विधि दुई वर्षको अवधिको लागि परीक्षण गर्न लागिएको हो ।

आज भएको समझदारीबमोजिम यस विधिमार्फत लघु तथा खुद्रा कर्जा लिनेव्यक्ति तथा लघु, साना र मझौला उद्यमहरूलाई औपचारिक वित्तीय सेवाको दायरामा ल्याउने अपेक्षा गरिएको छ । यसले बैंक तथा वित्तीय संस्थालाई सम्भावित ऋणीको व्यक्तित्व र मनोवैज्ञानिक विशेषताको तथ्याङ्कीय विश्लेषणका आधारमा जोखिम प्रोफाइल तयार गर्न सक्षम बनाई औपचारिक वित्तीय सेवामा समाहित हुन सेवाग्राहीलाई ऋण उपभोग गर्न आकर्षित र सरल बनाउने अपेक्षा राखिएको छ । यसबाट विगतमा वित्तीय सेवाको पहुँच नपुगेका सेवाग्राहीमा वित्तीय सेवा विस्तारमा समेत सहज हुनेविश्वास लिइएको छ ।

कार्यक्रममा गभर्नर अधिकारीले नेपालको वित्तीय क्षेत्र सुदृढीकरणमा आईएफसी र राष्ट्र बैंकबीच विगतदेखि नै सहकार्य हुँदै आएको उल्लेख गर्दै नयाँ समझदारीको कार्यान्वयनबाट लघुकर्जा व्यवस्थापनलाई प्रविधिमैत्री बनाउने विश्वास व्यक्त गरे । यसैगरी, आईएफसीका आवासीय प्रतिनिधि फायेले नयाँ सहकार्य गर्ने अवसर दिएकोमा राष्ट्र बैंकलाई धन्यवाद दिँदै उक्त समझदारीले वित्तीय पहुँच विस्तारमा टेवा पुग्ने विश्वास व्यक्त गरे । कार्यक्रममा डेपुटी गभर्नरद्वय डा. नीलम ढुङ्गाना तिम्सिना र बमबहादुर मिश्र, कार्यकारी निर्देशकहरू डा. नेफिल मातङ्गि मास्के र देवकुमार ढकाललगायत बैंकका अन्य अधिकारीहरूको उपस्थिति थियो ।

भोलि बुधबार देशभर सार्वजनिक विदा

सरकारले भोलि माघ १९ गते बुधबार देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले २०७८ साल माघ १९ गते बुधबार सोनाम ल्होसारको उपलक्ष्यमा नेपाल राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक सङ्घ-संस्थाहरुमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

गृह मन्त्रालयले आज यसबारेको सूचना प्रकाशन गरेको छ।  तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होछार अर्थात् नयाँ वर्ष पर्व मनाउने गरेका छन् ।

विश्व बैंकबाट १८ अर्ब सहुलियतपूर्ण ऋण लिइने

सरकारले विश्व बैंकबाट ‘फाइनान्स फर ग्रोथ डेभलपमेन्ट पोलिसी क्रेडिट’ वापत करिब १८ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण सहायता लिने भएको छ । यसका सम्बन्धी दस्ताबेजलाई अन्तिम रुप दिन वार्ता टोली गठन गर्ने निर्णय गरेको छ ।

साथै, सरकारले तनहुँ जलविद्युत् आयोजनाको प्रशारण लाइनका लागि जग्गा प्राप्ति सम्बन्धी प्रारम्भिक कारबाही चलाउने अधिकारी तोक्ने समेत निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सोनाम ल्होसारको अवसरमा बुधबार देशभर सार्वजनिक बिदा दिने निर्णय गरिएको बताए ।

सरकारले दार्चुलाको तुषारापानीदेखि कोठाघरसम्मको ४ किलोमिटर सडक खण्डको ट्रयाक निर्माण कार्य नेपाली सेनाबाट गराउन स्वीकृति दिने निर्णय गरेको छ ।

साथै। नेपाल खुला विश्व विद्यालयको उपकुलपति पदमा प्राध्यापक शिलु मानन्धरलाई नियुक्त गर्ने, शिक्षक अस्पताल स्थापनाको लागि आवश्यक प्रक्रिया अघि बढाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति प्रदान गर्ने र सफा हिमाल अभियान २०२० मा खटिने नेपाली सेनाका सदस्यहरुलाई हिमाल आरोहण गर्दा लाग्ने सलामी दस्तुर र गार्भेज धरौटी बापतको रकम छुट दिने निर्णय गरेको पनि प्रवक्ता कार्कीले बताए ।

उनले अर्थ मन्त्रालयका सहसचिव रामेश्वर दंगाललाई सचिवमा बढुवा गर्ने र लोकसेवा आयोग तथा बढुवा समितिको सिफारिस बमोजिम विभिन्न सेवा समूहका राजपत्रांकित द्वितीय श्रेणीका कर्मचारीहरुलाई राजपत्रांकित प्रथम श्रेणीको सहसचिव वा सो सरहको पदमा बढ्वा नियुक्ति गर्ने निर्णय समेत भएको जानकारी दिए ।

मन्त्रिपरिषद्को बैठकले कच्चा दुधको न्यूनतम मूल्य ५६ रुपैयाँ ४ पैसा निर्धारण गर्ने निर्णय समेत गरेको उनले बताए ।

प्रवक्ता कार्कीले नेपाल टेलिभिजनको अध्यक्षमा ४ वर्षका लागि समीरजंग शाहलाई नियुक्त गर्ने निर्णय गरेको पनि बताए ।

अजोड इन्स्योरेन्सको नाफा १४ प्रतिशतले बढ्यो

चालु आवको दोस्रो त्रैमासको अवधिमा अजोड इन्स्योरेन्स कम्पनीको खुद नाफा १३.९१ प्रतिशतले बढेको छ ।

कम्पनीले यस अवधिमा ४ करोड ६३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको यसै अवधिमा कम्पनीले ४ करोड ६ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

कम्पनीको खुद बीमाशुल्क ९.१५ प्रतिशतले बढेको छ । इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा २२ करोड ७७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ ।

गत आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले २० करोड ८६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

पुस मसान्तसम्ममा कम्पनीले २ हजार ७३६ दाबीबापत ३५ करोड ८ लाख रुपैयाँ भुक्तानी गरेको छ । कम्पनीले ५ हजार ७४४ दाबीबापत १ अर्ब १६ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ । एक अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा ११ करोड ८० लाख रुपैयाँ सञ्चित छ ।

कम्पनीले पुनर्बीमा कमिशन आयबाट ११ करोड ४० लाख रुपैयाँ आम्दानी गरेको छ । यस्तै, लगानी कर्जा तथा अन्य आयबाट २ करोड १ लाख रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले यस अवधिमा अभिकर्ता कमिशन शिर्षकमा १ करोड ९१ लाख रुपैयाँ खर्चेको छ ।

जेठ ४ गते एकै चरणमा स्थानीय चुनाव गर्न प्रधानमन्त्री र निर्वाचन आयोगबीच समझदारी

प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगबीच २०७९ जेठ ४ गते एकै चरणमा स्थानीय तहको चुनाव गर्ने समझदारी बनेको छ । प्रधानमन्त्री र आयोगका पदाधिकारीबीचको छलफलमा यस्तो समझदारी बनेको हो ।

निर्वाचन आयागले जेठ ५ गते अगाडी नै स्थानीय चुनाव हुनुपर्ने अडान लिँदै आएको थियो । सोही अनुसार आजको छलफलमा प्रधानमन्त्री देउवाले जेठ ४ गते निर्वाचन गर्ने प्रस्ताव गरेका हन् । 

यसमा आयोग सकारात्मक बनेको छ । प्रधानमन्त्रीसँगको छलफलपछि आयोग आन्तरिक छलफलमा जुटेको छ ।

स्वास्थ्यमन्त्री विरोध खतिवडाविरुद्ध अख्तियारमा उजुरी

स्वास्थ्यमन्त्री विरोध खतिवडाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । एमाले निकट राष्ट्रिय युवा संघले खतिवडाविरुद्द अख्तियारमा उजुरी दिएको हो ।

संघका सहसंयोजक संजिब कुमार सुरज झाको हस्ताक्षरमा अख्तियारीमा उजुरी परेको हो । 

२४ लाख डोज कोरोनाविरुद्धको खोप हिनामिना गरेर २ अर्ब ४० करोड रुपैयाँ हिनामिना गरेको भन्दै छानबिन गरी कारबाहीको मागसहित उजुरी परेको हो । 

तर, २४ लाख डोज खोप हराएको भन्ने विषयमा स्वास्थ्य मन्त्रालयले पनि छानबिन समिति गठन गरेको छ ।

हाथवे इन्भेष्टमेन्टले आईएमई जनरल इन्स्योरेन्सको शेयर बेच्न पायो अनुमति, ३ महिनामा सक्नु पर्ने

आईएमई जनरल इन्स्योरेन्सको संस्थापक शेयरधनी हाथवे इन्भेष्टमेन्ट नेपालले कम्पनीमा रहेको आफ्नो शेयर बिक्रि गर्न अनुमति पाएको छ।  हाथवे इन्भेष्टमेन्ट नेपालले  आईएमई जनरल इन्स्योरेन्समा रहेको २ लाख ९ हजार ८ सय ९ कित्ता सर्वसाधारण समूहको शेयर विक्रि गर्न लागेको हो ।

हाथवेले शेयर बिक्रिको लागि स्वीकृति माग गर्दै कम्पनीमा आवेदन दिएकोमा कम्पनीको पुस २५ गते बसेको संचालक समितिको बैठकले  उक्त कम्पनीको सर्वसाधारण शेयर बिक्रिका लागि अनुमती प्रदान गर्ने र सो सम्बन्धमा कम्पनीको नियमक निकाय बीमा समितिमा स्वीकृतिका लागि पत्राचार गर्ने निर्णय गरेको थियो ।

बीमा समितिले माघ १६ गते शेयर बिक्रिको लागि स्वीकृति प्रदान गरेको छ ।  समितिले हाथवे इन्भेष्टमेन्ट नेपालको नाममा रहेको आईएमई जनरल इन्स्योरेन्सको २,०९,८०९ कित्ता सर्वसाधारण समूहको शेयर विक्रिको स्वीकृति प्रदान गरेको हो। समितिले ३ महिना भित्र शेयर बिक्रि कार्य सम्पन्न गर्न निर्देशन दिएको छ । 

एनसेलले ल्यायो आगमन कलमा कुरा गर्दा ट्याबलेट पाइने योजना

एनसेलका ग्राहकले आफ्ना परिवारजन, साथीभाई र आफन्तहरुले मलेसियाबाट गरेको कलमा कुरा गर्दा ट्याबलेट जित्ने मौका पाउने योजना सार्वजनिक गरेको छ । एनसेल आजियाटा लिमिटेडले चिनियाँ नयाँ वर्षको अवसरमा मलेसियन दूरसञ्चार सेवा प्रदायक कम्पनीहरुसँगको सहकार्यमा यो आकर्षक योजना ल्याएको हो ।

यो योजना मंगलबार (माघ १८) बाट संचालनमा आउँदै छ र १० दिनसम्म संचालनमा रहने कम्पनीले जनाएको छ । यो योजना अवधिमा मलेसियाबाट आउने आगमन कलमा सबैभन्दा धेरै कुरा गर्नुहुने तीन जना ग्राहकले १÷१ वटा फिल्पकेस र टी–पेन सहितको टीसीएल ट्याव टेनएस पाउँनेछन् ।

ग्राहकले उठाएको आगमन कलको कुल संख्या, औषत कल समय र कुल कुराकानी गरेको मिनेटको आधारमा तीन जना विजयी ग्राहकको नाम छानिने छ । मलेसियाको डीजी, यू मोबाइल, सेलकम र माक्सिस मोबाइल सेवा प्रदायकको सिम कार्ड प्रयोगकर्ताका नेपालमा रहेका आफ्ना परिवारका सदस्य, आफन्त वा साथीभाइले यो आकर्षक योजनाको लाभ लिनका साथै ट्याव जित्ने मौका पाउनेछन् ।

मलेसियाबाट आउने आगमन कलमा कम्तिमा दुई मिनेट कुरा गर्ने ग्राहक यो योजनामा सहभागी हुन योग्य हुनेछन् । मलेसियाबाट आउने कलमा कुरा गर्ने ग्राहक लगायत अन्य देशहरुबाट आएको कलमा कुरा गर्ने एनसेलका ग्राहकले हरेक अन्तर्राष्ट्रिय आगमन कलमा कुरा गर्दा रु २० सम्म बोनस पनि प्राप्त गर्नेछन् ।

ग्राहकहरुले १७१२६ डायलगरि सजिलै यो सेवा निःशुल्क सुचारु गर्न सक्छन् । यसरी प्राप्त बोनस तीन दिनको लागि मान्य हुनेछ । ग्राहकले उक्त बोनस एनसेलको नेटवर्क भित्र कुरा गर्न, एसएमएस पठाउन र इन्टरनेट चलाउन समेत प्रयोग गर्न सक्छन् ।

यस ट्याबलेट योजनाका विजयी ग्राहकलाई एनसेलको कर्पोरेट कार्यलय एनसेल आइकन, लैनचौर र काठमाडौं बाहिर अवस्थित एनसेल सेन्टरबाट ग्राहकको सुविधा अनुसार ट्याबलेट हस्तान्तरण गरिनेछ । 
यसैबीच विश्वका विभिन्न देशमा रहेका नेपालीहरुलाई मनोरञ्जन प्रदान गर्न माघ २९ गते शनिबार साँझ ६ः४५ बजे एनसेल फेसबुक लाइभमा भर्चुअल कन्सर्टको आयोजना हुँदैछ । यस कार्यक्रममा गायक कालि प्रसाद बास्तोलाले आफ्ना प्रस्तुती मार्फत गीतसंगीतको आनन्द दिनेछन् ।

११ बीमा कम्पनीहरूलाई जरीवाना

बीमा समितिले समयमै लेखापरीक्षण प्रतिवेदन नबुझाउने विभिन्न बीमा कम्पनीहरुलाई जरिवाना गरेको छ ।

समितिले बीमा ऐन र बीमा नियमावली बमोजिम तोकिएको समयसिमाभित्र समिति समक्ष आर्थिक वर्ष २०७६/७७ मा आफूले गरेको बीमा व्यवसायको हिसाव कितावको लेखापरीक्षण प्रतिवेदन नबुझाउने बीमा कम्पनीहरू प्रत्येकलाई १० हजार रुपैयाँका दरले जरिवाना गर्ने निर्णय गरेको हो ।

जरिवाना गरिएका बीमा कम्पनीहरूमा दि ओरियन्टल इन्स्योरेन्स, नेशनल इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनी, राष्ट्रिय बीमा संस्थान, नेपाल लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स, आईएमई लाइफ इन्स्योरेन्स, युनियन लाइफ इन्स्योरेन्स, सन नेपाल लाइफ इन्स्योरेन्स, रिलायवल नेपाल लाइफ इन्स्योरेन्स र सानिमा लाइफ इन्स्योरेन्स छन् ।

बीमा ऐन, २०४९ को दफा २५ बमोजिम बीमा कम्पनीहरूले आफूले गरेका बीमा व्यवसायको हिसाव कितावको लेखापरीक्षण मान्यताप्राप्त लेखापरीक्षकबाट गराई सोको प्रतिवेदन प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले १० महिनाभित्र समितिसमक्ष पेश गर्नुपर्ने व्यवस्था छ । तर बीमा कम्पनीहरुले जानी–जानी उल्लङ्घन गरेकाले जरिवाना गरिएको हो ।